सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड


  •    न्युजभित्तो/६ बैशाख २०८३, आईतवार १२:०३ 
  • कञ्चनपुर, ६ वैशाख । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमसहित सञ्चालन भइरहेको छ । ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तुः जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ वैशाख १ देखि सप्ताह मनाइँदै छ ।

    निकुञ्जका सहायक वार्डेन विनयकुमार झाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै क्षति घटाउने र जैविक विविधताको दिगो उपयोगमार्फत समृद्धि हासिल गर्ने उद्देश्यका साथ कार्यक्रम भइरहेको बताउनुभयो ।

    उहाँका अनुसार, निकुञ्जको मुख्य कार्यालय मझगाउँमा सरसफाइ कार्यक्रमसँगै वन्यजन्तु, वातावरण तथा जैविक विविधताबारे सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय समुदाय, विद्यार्थी र सरोकार भएका निकायको सहभागितामा संरक्षणसम्बन्धी जानकारी दिइएको छ ।

    निकुञ्जका रेञ्जर प्रयास केसीले सोमबार (वैशाख ७) पूर्वी सेक्टर अर्जुनीस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा सरसफाइ कार्यक्रम र वन्यजन्तु, जैविक विविधता र संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरी सप्ताह समापन गरिने बताउनुभयो । वन्यजन्तु सप्ताहका अवसरमा निकुञ्जमा बाह्रसिङ्गा (स्वाम्प डियर) गणना कार्यक्रमसमेत सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

    गणनाका क्रममा बाह्रसिङ्गाको सङ्ख्या, वासस्थान र आहाराको उपलब्धताबारे विस्तृत अनुगमन गरिने रेञ्जर केसीले बताउनुभयो ।

    अघिल्लो गणनामा यहाँ बाह्रसिङ्गाको सङ्ख्या दुई हजार ३०३ रहेको पाइएको थियो । यसपटक संरक्षणका प्रयासलाई थप बढावा दिइएकाले त्यो सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ । नेपालमा सन् १९८० को दशकदेखि सुरु भएको संरक्षण अभियानबाट दुर्लभ वन्यजन्तुको संरक्षण र सङ्ख्या वृद्धिमा उल्लेखनीय सफलता हासिल भएको छ । यस्ता उपलब्धि सरकारी, सुरक्षा निकाय, स्थानीय समुदाय र संरक्षण साझेदारबीचको सहकार्यबाट सम्भव भएको निकुञ्ज व्यवस्थापनले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.