बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
न्युजभित्तो/३ बैशाख २०८३, बिहीबार १५:४८
काठमाडौँ, ३ वैशाख । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्य क्षेत्रमा बुद्ध जयन्तीलाई सफलतापूर्वक मनाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफल भएको छ । विश्व शान्तिको कामना गर्दै मनाउन लागिएको बुद्ध जयन्तीको तयारी गर्ने सन्दर्भमा बौद्ध घ्याङसहित चैत्य क्षेत्रमा रङरोगन सुरु गरिएको छ भने बौद्ध क्षेत्रलाई सिँगार्न थालिएको हो ।
यसै अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले आज २५७०औँ बुद्ध जयन्ती मनाउने विषयमा सरोकार भएका सङ्घसंस्था एवं सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको छ । कार्यक्रममा घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले यस क्षेत्रको धर्म, संस्कृति, इतिहास र परम्परा जोगिने गरी बुद्ध जयन्ती मनाउने तयारी सुरु भएको जानकारी दिनुभयो । बौद्ध क्षेत्रकै पहिलो गुम्बाका रूपमा बौद्ध घ्याङ स्थापित भएकाले यसको महत्त्व स्थापित गर्न बुद्ध जयन्ती विशेष रूपमा मनाउने गरी तयारी गरिएको पनि उहाँले बताउनुभयो ।
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यवाहक अध्यक्ष आचार्य छेवाङ रिग्जेन तामाङले बौद्ध क्षेत्रमा रहेका सबै सङ्घसंस्थाले एउटै मूल समारोह समिति बनाएर बुद्ध जयन्ती मनाउनुपर्ने बताउनुभयो । विश्व सम्पदा क्षेत्र बौद्धमा मनाइने बुद्ध जयन्ती कार्यक्रमलाई मौलिक बनाइनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
बौद्ध घ्याङ गुठीका सल्लाहकार आनन्दबज्र लामाले वर्षमा एक दिन बुद्ध जयन्ती मनाएर मात्र नहुने बताउँदै बुद्धका सन्देश प्रयोग र अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । बौद्ध क्षेत्रका धार्मिक, सांस्कृतिक एवं सामाजिक संस्थालाई जोडेर एउटै बुद्ध जयन्ती समारोह मनाउन पनि उहाँले सुझाव दिनुभयो ।
घ्याङ गुठीका प्रबन्धक टासीग्याल्जेन शेर्पा (मिथुन चाङ्बा भोटे) ले विश्वका विभिन्न देशमा युद्ध भइरहेको र विश्व शान्तिमा खलल पुग्न गएकाले यस वर्षको बुद्ध जयन्ती विश्व शान्तिका लागि प्रार्थना गर्दै मनाउने गरी विभिन्न कार्यक्रम तय गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्राप्त सुझावका आधारमा कार्यक्रम तय गरिने जनाउँदै उहाँले मूल समारोह समिति पनि गठन गरिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले बुद्ध जयन्तीमा सुरक्षा व्यवस्था सुदृढ बनाइनुपर्ने, बौद्ध क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा स्थापित गरिनुपर्ने, विश्वमा अशान्ति मडारिएका बेला बुद्ध जन्म देश नेपालबाट विश्वव्यापी रुपमा शान्तिको सन्देश प्रवाह गर्न चक्रपथ ढाक्ने गरी शान्तिको कामना गर्दै मानव साङ्लो बनाइनुपर्नेलगायत सुझाव दिनुभएको थियो ।
विसं १९०७ को नेपाल–चीन युद्धपछि नेपालका गुम्बामा चिनियाँ लामा परम्परा सुरु भएको जानकारी कार्यक्रममा गराइएको थियो । यो परम्परा अहिले बौद्ध र मेलम्ची घ्याङमा छ । दुवै घ्याङलाई समेटेर गुठी संस्थानअन्तर्गत रहने गरी श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी नामकरण गरिएको चिनियाँ लामाका स्वकीय सचिव हरिश गोले तामाङले कार्यक्रममा जानकारी दिनुभयो । रासस