सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण


  •    न्युजभित्तो/३० चैत्र २०८२, सोमबार १६:१३ 
  • मुस्ताङ, ३० चैत । यहाँका किसानलाई आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका घार वितरण गरिएको छ । घरपझोङ गाउँपालिकाले पाँचवटै वडाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरेको हो ।

    गाउँपालिकाले स्थानीय स्याउ किसानसँगको सहलगानीमा ४५ थान मौरीसहितका घार खरिद गरी वितरण गरेको हो । चालु आर्थिक वर्षको विनियोजित बजेट दुई लाख ५० हजार रुपैयाँ र स्थानीय स्याउ किसानहरूको दुई लाख ५० हजार रुपैयाँ लागत साझेदारी रहने गरी माग सङ्ख्याका आधारमा ४५ थान मौरीसहितका घार वितरण गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । स्याउखेतीको गुणस्तर तथा उत्पादन वृद्धि गरी किसानको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले घार वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

    पछिल्लो समय मुस्ताङका किसानले स्याउ उत्पादनलाई प्रभावकारी बनाउन मौरी चरन व्यवस्थापनमा जोड दिन थालेका छन् । यसअघि पनि सोही गाउँपालिकाले स्याउ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको थियो ।

    वसन्त ऋतुको आगमनसँगै मुस्ताङका स्याउ बगैँचामा स्याउका बोटमा फूल फुल्ने सिजन सुरु हुन थालेको छ । प्रतिमौरीसहितका घारको मूल्य ढुवानीसहित ११ हजार रुपैयाँ पर्ने बताइएको छ । स्याउ फार्म, सहकारी, समूह र व्यक्तिगत स्याउ फार्म किसानलाई स्याउको परागसेचन ९पोलिनेसन० वृद्धि गर्न मौरीसहितका घार अनुदानमा हस्तान्तरण गरिएको हो ।

    विगत १८ वर्षदेखि मौरी व्यवसाय गर्दै आउनुभएका पोखरास्थित बेगनास मौरी घार उद्योगका व्यवसायी सूर्यप्रसाद लामिछानेले मुस्ताङमा स्याउलगायत रैथाने फलफूलको उत्पादन तथा गुणस्तर वृद्धिका लागि मौरीपालन आवश्यक रहेको बताउनुभयो । स्याउको फूल फुल्ने बेला फ्रुड सेटिङका लागि स्याउ बगैँचाभित्र मौरीपालनले परागतसेचनामा सहयोग पुर्याउने व्यवसायी उहाँ बताउनुहुन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.