सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल


  •    न्युजभित्तो/३० चैत्र २०८२, सोमबार ११:२२ 
  • सिरहा, ३० चैत । नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ । मेला सुरु हुनुभन्दा दुई दिनअगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको हो ।

    लहान नगरपालिका–१२ र २२ मा अवस्थित सलहेश फूलबारीमा नयाँ वर्षको दिन मात्र फुल्ने विश्वास गरिने माला आकारको सुनाखरी फूल अवलोकन गर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु आउने गर्छन् ।

    मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार मन्दिरअगाडि रहेको हारमको रूखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न सुरु गरेको छ । तर, फक्रिन बाँकी रहेको छ । करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारी क्षेत्रमा अहिले नै भक्तजनहरू आउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । 

    श्रद्धालुहरू दिनरात फूलबारी परिसरका रूखमुनि पाल टाँगेर बस्न थालेका छन् । बढ्दो पर्यटकको सङ्ख्यासँगै यहाँ पूर्वाधारको अभाव खड्किएको छ । स्थानीय वीरेन्द्र चौधरीले श्रद्धालु भक्तजनका लागि व्यवस्थित धर्मशालाको अभाव रहेको गुनासो गर्नुभयो । 

    लोकगाथाअनुसार महिषोथा (सिरहा) मा जन्मिएका लोकनायक राजा सलहेशको प्रेमस्थलका रूपमा यस फूलबारीलाई लिइन्छ । राजा सलहेश र उनको प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा सुनाखरी फूललाई मानिन्छ । 

    चौऔँ शताब्दीका लोकनायक राजा सलहेशको वीरता, साहस र प्रेमसँग सम्बन्धित गाथाको स्मरणमा हरेक वर्ष वैशाख १ गते यहाँ मेला आयोजना गरिन्छ । तराई क्षेत्रमा पासवान समुदायका इष्टदेव मानिने सलहेशको पूजा गर्दा सन्तान प्राप्ति तथा विभिन्न रोगबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

    सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरे पनि ठोस विकास हुन नसकेको सरोकारवालाहरू बताउँछन् । जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा र लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताले तीनै तहका सरकार तथा सरोकारवाला निकायले एकीकृत गुरुयोजना बनाएर काम गर्न सके यस क्षेत्रलाई अझ आकर्षक धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.