सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा


  •    न्युजभित्तो/२७ चैत्र २०८२, शुक्रबार १३:१३ 
  • तनहुँ, २७ चैत । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन् ।

    तनहुँसहित छिमेकी जिल्ला लमजुङ, कास्की, चितवन, गोरखाबाट समेत बिरामी उपचारका लागि आउने गरेको सो कार्यालयले जनाएको छ । कार्यालयबाट दिइने सेवा प्रवाह छिटो छरितो र प्रभावकारी भएका कारण बिरामीको आकर्षण बढदै गएको कविराज निरीक्षक एवं सूचना अधिकारी सोमकान्त पौडेलले जानकारी दिनुभयो ।

    सूचना अधिकारी पौडेलका अनुसार साउनमा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३, कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२, पुसमा चार हजार ६३७, माघमा तीन हजार ३२, फागुनमा तीन हजार १९३ जनाले सेवा लिएका छन् ।

    उक्त चिकित्सालयमा स्नेहन, श्वेदनबाहेक दैनिक ३५ देखि ६५ सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उहाँले भन्नुभयो, “अधिकांश बिरामी पेटसम्बन्धी समस्याका हुने गरेका छन् ।” कार्यालयका अनुसार ओपिडी सेवा बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म नियमित सञ्चालनमा हुँदै आएको कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विशेषगरी अम्लपित्त, बाथ, श्वासप्रश्वास, फिसर फिस्टुला ,प्रेसर, सुगर, महिला प्रसूतिलगायत बिरामीको सङ्ंख्या अधिक हुने गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.