सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन


  •    न्युजभित्तो/२४ चैत्र २०८२, मंगलवार १३:३३ 
  • भक्तपुर, २४ चैत । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।

    आज स्वास्थ्यमन्त्री किरण थापामगरले रासससँगको कुराकानीमा कानुनमा उल्लेख भएअनुसार अस्पतालले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयले सोमबार प्रदेशका १३ जिल्लाभित्र सञ्चालनमा रहेका निजी तथा विभिन्न गैरसरकारी संस्थाका नाममा सञ्चालित अस्पताल एवं स्वास्थ्य संस्थालाई प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा ९६० मा रहेको कानुनी व्यवस्था आजैदेखि अक्षरशः कार्यान्वयन गर्न निर्देशन जारी गरेका छौँ, कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गर्छौं ।”

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले स्वास्थ्य सेवा ऐनअनुसार हरेक अस्पतालले सामाजिक सेवा एकाइ स्थापना गरी बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क रूपमा कुल शय्या सङ्ख्याको कम्तीमा १० प्रतिशत शय्यामा उलपब्ध गराउन निर्देशन दिएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.