सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँमा निःशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीवासीे खुसी


  •    न्युजभित्तो/१९ चैत्र २०८२, बिहीबार १५:३८ 
  • खोटाङ, १९ चैत । दिक्तेल बजारमा दिनदिने निःशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति सङ्घ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सरगमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा आजदेखि तीन दिने निःशुल्क शिविर सुरु भएको हो ।

    दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सुरु भएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया, आँखा जाँच, औषधि वितरण, ज्येष्ठ नागरिकलाई चश्मा वितरण, आँखाको शल्यक्रियापछि कालो चश्मा तथा औषधि वितरण गरिने नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिनुभयो । शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानका १३ जना चिकित्सकको टोलीले सेवा प्रदान गर्नेछन् ।

    शिविरबाट एक हजार १०० जना भन्दाबढी नागरिकलाई सेवा दिने लक्ष्य राखिएको सभापति कसजूले जानकारी दिनुभएको छ । कोशी प्रदेश सरकारले नगरपालिकालाई उपलब्ध गराएको रु चार लाख आर्थिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र सरगमाथा चौधरी आँखा अस्पताल लहानसँगको सहकार्यमा नगरपालिकाले निःशुल्क आँखा शिविर संयोजन गरेको हो ।

    आँखाको समस्या झेलिरहेका नागरिकलाई लक्षित गरी शिविरको आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । शिविरमा शल्यक्रिया हुन नसकेका आँखाका बिरामीलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानमा लगेर निःशुल्क सेवा उपलब्ध गराइने जनाइएको छ । शिविरको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले शुभारम्भ गर्नुभयो ।

    शिविरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै छिमेकी गाउँपालिका रावाबेंँसी, साकेला, दिप्रुङ चुइचुम्मा र केपिलासगढी गाउँपालिकाका नागरिक सेवा लिन आएका छन् । सहरका सुविधा सम्पन्न अस्पतालमा पाइने स्वास्थ्य सेवा आफ्नै गाउँमा निःशुल्क पाउँदा स्थानीवासीले खुसी व्यक्त गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.