सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रसुवा अस्पतालद्वारा सेवा विस्तार


  •    न्युजभित्तो/८ चैत्र २०८२, आईतवार ११:४५ 
  • रसुवा, ८ चैत । धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । आर्थिक वर्ष २०८१/८२ देखि चालु आवको पुस मसान्तसम्म अस्पतालको बाहिरङ्ग सेवा ११ हजार ५९८ र अन्तरङ्ग सेवातर्फ तीन हजार ६६ बिरामीले सेवा लिएका छन् । सोही अवधिमा ११५ शल्यक्रिया गरिएका थिए ।

    अस्पतालद्वारा हालै आयोजित सामाजिक जवाफदेहिता सम्बन्धी कार्यक्रममा दिइएको जानकारी अनुसार १७ शय्याको सो अस्पतालले सामाजिक सेवाअन्तर्गत १८५ प्रकारका औषधि वितरण गरिरहेको छ । त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत ३० वर्षभन्दा माथिका ६६ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।

    विसं २०२१ मा ‘हेल्थपोस्ट’बाट सुरुआत भएको स्वास्थ्य सेवा विस्तारका क्रममा विसं २०४२ मा अस्पताल बनाइएको थियो । तत्कालीन समयमा डा विजय खनालले अस्पतालमा पहिलो सेवा प्रदान गर्नुभएको जनाइएको छ ।

    कार्यक्रमका सहभागीहरूले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिँदै तत्काल नयाँ एम्बुलेन्स उपलब्ध गराउन माग गरेका थिए । सो अस्पतालाई निक साइमन संस्थाले चिकित्सकीय एव अन्य सहयोग गर्दै आएको छ । अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, घाउ–खटिरालगायतका शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालनमा छन् । साथै भिडियो एक्स–रे, दन्त सेवा र प्रयोगशाला सेवा पनि विस्तार गरिएको छ ।

    कार्यक्रममा जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यले अस्पतालको सेवा सुधार हुँदै जानकारी दिनुभयो । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले विगतमा धामीझाँक्रीको निर्भर रहनुपर्ने अवस्थाबाट अहिले आधुनिक उपचार सेवा उपलब्ध हुनु सकारात्मक परिवर्तन भएको बताउनुभयो ।

    विसं २०७२ को विनाशकारी भूकम्पले अस्पतालका पुराना संरचना पूर्ण रूपमा ध्वस्त बनाएको थियो । यसपछि करिब दुई वर्षसम्म ‘टेन्ट’मै बिरामी राखेर सेवा दिनुपरेको अवस्था थियो । अस्पतालको सेवा तत्काल सुचारु गर्न तत्कालीन वरिष्ठ जनस्वास्थ्य अधिकृत डा गुण शर्माले अथक योगदान दिनुभएको थियो । नेपाल रेडक्रस सोसाइटी र विदेशी दातृ संस्थाको सहयोगमा प्रिफेब्रिकेटेड मोडेलको अस्पताल निर्माण भएपछि सेवा प्रवाह सहज बनेको हो ।

    अस्पतालका मेसु डा अमितकुमार साहले अस्पतालमा जटिल उपचार सेवासमेत सम्भव भएको बताउनुभयो ।

    कार्यक्रममा डा सुनिलकुमार दास, सञ्चालक समिति अध्यक्ष निवेश श्रेष्ठ, जनस्वास्थ्य अधिकृत आचार्यलगायतले अस्पतालको सेवा सुधारका बारेमा जानकारी दिँदै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी दिनुभएको थियो । पत्रकार महासङ्घका अध्यक्ष केशवप्रसाद पौडेल तथा विभिन्न सञ्चारकर्मीहरूले अस्पतालको पारदर्शिता र सामाजिक जवाफदेहिताको अभ्यास प्रशंसनीय रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.