सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनः हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी


  •    न्युजभित्तो/२२ फाल्गुन २०८२, शुक्रबार १५:३६ 
  • काठमाडौँ, २२ फागुन । हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । 

    मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र ढुवानी हुन बाँकी रहेको छ । तीन जिल्लाका हिमाली भेगका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट ढुवानी गर्नुपर्नेमा बिहीबार बेलुकीदेखि नै मौसमका कारण सम्भव हुन नसकेको जानकारी प्राप्त भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई बताउनुभयो । 

    मौसमले साथ दिएसम्म तीनवटै जिल्लाको मतपत्र आजै निर्वाचन अधिकृतको कार्यालयमा लैजाने गरी तयारी भइरहेको छ । मतपत्र ढुवानी भइसकेपछि तीनैवटा जिल्लाको मतगणना सुरु हुनेछ । 

    यसैगरी, रसुवा, दोलखा, रुकुम (पूर्वी भाग), बाजुरा, बझाङ, हुम्ला, ताप्लेजुङ, मनाङ, मुस्ताङ, रुकुम (पश्चिमी भाग), सोलुखुम्बु र मुगुका हिमाली भेगका मतदान केन्द्रका मतपत्र भने जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा लगी सकिएको पनि उहाँले बताउनुभयो । 

    यस्तै, स्याङ्जा, दोलखा र धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ को मतगणना कानुनअनुसार गर्न पनि आयोगले निर्देशन दिएको जनाइएको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा घण्टीमा खसेको मत छुट्याएर राखी मतगणना गर्न आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.