सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अन्जुली’ बृहत् सुसेली काव्याञ्जलिको लोकार्पणसहित, ‘सुसेली सम्राट’ को उपाधि ई. वेदप्रसाद गौडेललाई


  •    न्युजभित्तो/१५ फाल्गुन २०८२, शुक्रबार ११:०५ 
  • काठमाण्डौं, १५ फागुन । सुख शान्ति मिडियाको आयोजनामा अन्जली (वृहत् सुसेली काव्याञ्जलि) को लोकार्पण सम्पन्न भएको छ । बिहीबार काठमाण्डौंको माछापोखरीमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।

    सुसेली उपविधाका प्रवर्तक एवम् राष्ट्रिय सुसेली फाउण्डेसनका संस्थापक केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ को सभापतित्व भएको लोकार्पण कार्यक्रममा लेखक ई. गौडेलका नाति दिप्सन गौडेलको प्रमुख आतिथ्यता एवम् राष्ट्रिय सुसेली फाउन्डेसनका संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार वरिष्ठ साहित्यकार चन्द्रा न्यौपाने, शिक्षाविद् इन्द्रविलास घिमिरे, व्याकरणविद् पुरुषोत्तम भण्डारी, सम्पादक शिव शर्मा, प्रकाशक लेखक ई. वेदप्रसाद गौडेलकी जीवनसँगिनी धन गौडेल, डा. ध्रुव गजुरेल, क्रान्तिकारी कवि रसुवाली कवि, सुसेली फाउन्डेसनकी संस्थाप केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारी, पूर्व सेनानी टङ्कबहादुर बजगाई खत्री लगायतको विशेष उपस्थिति थियो ।

    उक्त समारोहमा सम्पादक शिव शर्मालाई कुशल सम्पादक सम्मान र ई. वेदप्रसाद गौडेललाई ‘सुसेली सम्राट’ को पदवीसहित सम्मान गरिएको थियो। उक्त समारोहमा जन्मदिन परेका साहित्यकार भोजभक्त कँडेल, साहित्यकार कल्पना अधिकारी भट्टराई र दिप्सन गौडेलको जन्मदिन एवम् पार्वती रिमाल र राजन रिमालको वैवाहिक वर्ष उत्सवसमेत मनाइएको थियोे ।

    कार्यक्रममा सरस्वती अर्याल, रेखा महर्जन, सत्यनारायण ढकाल, सावित्री के.सी., भोजभक्त कँडेल, विष्णु गुरूङ र उमा विडारीले सुमधुर स्वरमा सुसेली गायन प्रस्तुत गर्नु भएको थियो ।‎ कार्यक्रममा टंकबहादुर बजगाई खत्री, रसुवाली कविले शुभकामना व्यक्त गर्नुभएको थियो । टंकबहादुर बजगाई खत्रीले सुसेली सम्राट शासन गर्ने सम्राट नभएर शब्द सम्राट भएकोले योगदानको आधारमा सम्मान गर्नुपर्ने बताउनु भयो । यसैगरी क्रान्तिकारी कवि रसुवाली कविले साहित्यमा विवाद गर्नेहरू कुवाबाट निस्कन नसक्नेहरू हुन् भन्दै सुसेली सम्राट बनेकोमा ई. वेदप्रसाद गौडेललाई बधाई दिनुभएको थियो ।
    ‎
    समीक्षक ध्रुव गजुरेलले मिहिन ढङ्गले कृतिको समीक्षा गर्दै, जसरी सुन्दर डिजाइन गर्न माहिर ई. गौडेलले शब्दको पनि त्यसरी नै सशक्त शिल्पी देखाउनु भएको बताउनु भयो । लेखक गौडेलले सम्राट उपाधिले झनै जिम्मेवारी बोध भएको बताउँदै सुसेली विधाको विकास र बिस्तारमा लागि लागी पर्ने बताउनु भएको थियो ।‌ वरिष्ठ साहित्यकार चन्द्रा न्यौपानेले ई. वेदप्रसाद गौडेल कलाकारितामा जस्तै साहित्यमा पनि उत्तिकै सशक्त रूपमा उदाउनु भएकोमा बधाई एवम् शुभकामना व्यक्त गर्नु भयो । ‎सभापति दुर्गा अधिकारी ‘भमरकोटे’ ले सुसेली विधाले नयाँ कोर्समा प्रवेश गरी यसमा अझ तहल्का मच्चाउने निश्चित भएको बताउनु भयो ।

    कार्यक्रममा गायक–नायक रामशरण पाण्डे, कलाकार–निर्देशक नवीन घिमिरे, व्यवसायी–समाजसेवी टपेन्द्र के.सी., राष्ट्रिय सुसेली फाउन्डेसनका अक्षयकोष दाता साहित्यकार सरला ओझा ‘सिर्जना’, मंगल श्रेष्ठ, बन्दन गौडेल, सुनिता बुढाथोकी, पार्वती घिमिरे पौडेल, अमृता कौशल, कृष्णप्रसाद पौडेल जस्ताघरे, विश्वास ढकाल लगायत‎ ७० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रमको कुशल सञ्चालन राष्ट्रिय सुसेली फाउन्डेसनका संस्थापक केन्द्रीय महासचिव एवम् सुख शान्ति मिडियाका प्रबन्ध निर्देशक दामोदर ढकाल ‘दीपक ले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.