सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र


  •    न्युजभित्तो/१४ फाल्गुन २०८२, बिहीबार १४:३७ 
  • तुलसीपुर (दाङ), १४ फागुन । दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ ।

    घोराही तुलसीपुर–८ भैसापत्रामा क्षेत्र नं २ जोडिन्छ भने घोराही–५ डाँगीगाउँमा क्षेत्र नं १ जोडिन्छ । त्यस्तै, घोराही–८ निर्वाचन क्षेत्र नं २ मा पर्छ भने घोराही–५ निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलसीपुर उपमहानगरपालिका–१४ निर्वाचन क्षेत्र नं ३ मा पर्छ । यसरी तीन वटा निर्वाचन क्षेत्रलाई जोड्ने र सोही ठाउँ हुँदै दाङको गौरवको योजनाका रूपमा रहेको दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो ।

    घोराहीबाट बबई गाउँपालिकाको हापुरसम्म जोड्ने उक्त सडकले जोड्ने दामोदर खण्डमा कालोपत्रका लागि ग्राभेल हालेको पाँच वर्षभन्दा बढी भइसके पनि अहिलेसम्म कालोपत्रसहित स्तरोन्नति हुनसकेको छैन ।  

    उक्त सडकअन्तर्गत घोराहीको नैनवारसम्म भने कालोपत्र भइरहेको स्थानीय बताउँछन् । यहाँबाट नजिकै पर्ने तुलसीपुर–१४ को जितपुरसहित १८ किलोमिटर क्षेत्रमा कालोपत्र हुन नसकेको स्थानीय नारायण खड्काले बताउनुभयो । “सोही वडाको बीचमा कालोपत्र नभएर तुलसीपु–११ को उरहरीतर्फबाट काम भएको छ । यसले यहाँका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

    वरिपरि सबै ठाउँमा कालोपत्र भएको बताउँदै तुलसीपुर उपमहानगरपालिका–१४ जितपुर क्षेत्रमा सडक स्तरोन्नति नहुँदा यहाँका स्थानीयले आफूहरू उपेक्षामा परेको बताउने गरेका खड्काले उल्लेख गर्नुभयो । दामोदर सडकलाई पश्चिम दाङ जोड्ने वैकल्पिक मार्गका रूपमा पनि लिने गरिएको छ । यो सडक निर्माण भएमा स्थानीय उत्पादन सहजै बजारसम्म लैजान सकिने उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.