सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मणिकाधाममा विद्युत् सेवा विस्तार


  •    न्युजभित्तो/१३ फाल्गुन २०८२, बुधबार ११:५६ 
  • कञ्चनपुर, १३ फागुन । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए ।

    नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरेको छ । पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने र ट्रान्सफर्मर राख्ने सम्पूर्ण काम ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिएको हो ।

    विद्युत् सेवा विस्तारसँगै मन्दिर परिसर, नवनिर्मित भजनघर तथा आसपासका क्षेत्रमा बल्ब जडान गरी क्षेत्र झिलीमिली बनाइएको छ । यसअघि साँझपख पूजा, आरती र धार्मिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने गरेकामा अब सहज भएको स्थानीयवासी बताउँछन् ।

    वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले विद्युत् सेवा विस्तारले धार्मिक गतिविधि सञ्चालनमा सहजता ल्याएको उल्लेख गर्नुभयो । “पहिले अँध्यारोका कारण भक्तजनले सास्ती खेप्नुपथ्र्यो, अब मन्दिर परिसर उज्यालो बनेको छ”, उहाँले भन्नुभयो । धाम क्षेत्रका पूर्वध्यक्ष भरतबहादुर ऐरका अनुसार विद्युत् सेवा पुगेपछि धाम क्षेत्रमा हुने धार्मिक कार्यक्रम, सत्सङ्ग तथा भजनकीर्तन रातिको समयमा पनि व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने भएको छ । नयाँ बनेको भजनघर र मन्दिर वरपर बल्ब जडान गरी धाम क्षेत्र झिलीमिली बनाएका छौँ ।

    धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको मणिका धाममा हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन परम्परागत मेला ९जाँत० लाग्ने गर्दछ । यस वर्ष फागुन १३ ९आज० र १४ गते मेला आयोजना हुँदैछ । बैजनाथ बाबाको दर्शन गर्दा इच्छित फल प्राप्त हुने विश्वासले नेपाल र भारतका हजारौँ दर्शनार्थी यहाँ आउने गर्दछन् ।

    झिलीमिली उज्यालोले अब मणिका धामलाई अझ आकर्षक बनाएको छ र क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । विद्युत् सेवा विस्तारसँगै यस वर्षको मेलामा रातिको समयमा आउने भक्तजनले अँध्यारोको सास्ती खेप्न नपर्ने भएको छ । विद्युत् सेवा विस्तारसँगै धार्मिक कार्यक्रम, रातको पूजा, मेला सञ्चालन र स्थानीय व्यापार–व्यवसायमा नयाँ ऊर्जा थपिने भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.