सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संगीको ‘अन्तरदृष्टि’ चित्रकला प्रदर्शनीमा


  •    न्युजभित्तो/१२ फाल्गुन २०८२, मंगलवार १५:०२ 
  • काठमाडौँ, १२ फागुन । यहाँको ठमेलस्थित छाया सेन्टरमा चित्रकार संगी श्रेष्ठको ‘अन्तरदृष्टि’ शिर्षकमा एकल चित्रकला प्रर्दशनी भइरहेको छ ।

    गत आइतबारदेखि सुरु भएको सो प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । यहाँ राखिएका चित्र हेरेर दर्शकले आत्मिकता महसुस गर्न सकोस भन्ने उद्देश्य राखिएको चित्रकार श्रेष्ठले बताउनुभयो । “प्रत्येक रङ्गले कुनै न कुनै सन्देश बोकेको हुन्छ”, उहाँले भन्नुभयो, “चम्किला रङ्गले ऊर्जावान अनुभूति गराउँछ भने रातो र निलो रङ्गले रुपान्तरणको भाव बोध गराउँछ ।”

    श्रेष्ठले आमाको निधन पछि एकान्तपनको अनुभुति हुँदा सो चित्रहरु कोर्न थालेको बताउनुभयो । माया र ममताको छहारी खोसिँदा भावुक मनलाई उहाँले क्यानभासमा रंगमार्फत उतार्नुभएको हो । प्रदर्शित चित्रहरुमा वैराग्य भाव मात्रै नभई प्रकृतिसँग जोडिएका उमङ्ग झल्किने पात, फुल, पुतलीहरुसमेत रङ्गका माध्यमबाट सुन्दरसँग संयोजन गर्नुभएको छ । प्रर्दशनीमा ११६ सिर्जना राखिएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.