सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन


  •    न्युजभित्तो/१२ फाल्गुन २०८२, मंगलवार ११:५७ 
  • देवदह (रुपन्देही), १२ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक वडाका टोलटोलमा रहेका व्यावसायिक प्रतिष्ठान (पसलहरू)मा पुगेर राजस्वका बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा अधिकारीले बताउनुभयो ।

    सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा बसेको राजस्व परामर्श समिति, सिद्धार्थनगरको बैठकले राजस्व ९कर० सम्बन्धी अभियान सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,“कर दर नभई दायरा बढाउने हो, यसका लागि घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ ।”

    राजस्व परामर्श समितिको संयोजकसमेत रहनुभएकी अधिकारीले कर भन्नबित्तिकै धेरै हो कि भन्ने पनि बुझाइ पनि रहेको पाइएको बताउनुभयो । त्यसैले पनि करको बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउनु अभियानको उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । निर्वाचनपछि यो अभियान सञ्चालन गरिने नगरपालिकाको प्रशासकीय अधिकृत कमलकान्त खनालले जानकारी दिनुभयो ।

    त्यस्तै बैठकले सिद्धार्थनगर नगरपालिका–५ मा अवस्थित कृषि बजार भवन अन्तर्गत (ए ब्लक) सञ्चालन गर्न सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । “भवन सञ्चालन हुन नसकेकोबारे बारम्बार कुरा उठिरहन्छ । यसको सञ्चालनका लागि विगतमा समिति गठन गरेका थियौं । समितिले एउटा रिपोर्ट पेस गरिसकेको हुनाले ए ब्लक सञ्चालनका लागि सूचना सम्प्रेषण गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो । सिद्धार्थनगर नगरपालिकामा १३ वडा छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.