सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिथिलाञ्चलमा आजदेखि होली


  •    न्युजभित्तो/१२ फाल्गुन २०८२, मंगलवार ११:५३ 
  • जलेश्वर (महोत्तरी), १२ फागुन । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ ।

    पन्ध्रदिने परिक्रमामा आएका साधु, सन्त, महात्मा र जोगी सन्यासीको उपस्थितिमा धार्मिक अनुष्ठान गर्दै आज बिहान भगवान् मिथिलाविहारी (रामचन्द्र)ले किशोरीजी (माता सीता)सँग महोत्तरीको कञ्चनवनमा होली खेलेपछि आजैदेखि सम्पूर्ण मिथिलाञ्चलमा होली पर्वको शुभारम्भ भएको परिक्रमा यात्रामा सहभागी बाबा नवलकिशोर दासले बताउनुभयो । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कञ्चनवनमा आज धार्मिक विधिपूर्वक भगवान् रामचन्द्र तथा माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले होली खेलाइएको छ भने परिक्रमामा सहभागी हजारौँ साधु, सन्त, महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको सुरुआत गरेको बाबा नवलकिशोरले बताउनुभयो ।

    मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग सुरु भएको छ । त्यसैगरी, होलीको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत, नाचगान, हाँसोठट्टा र व्यङ्ग्यात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको पनि शुभारम्भ भएको सदरमुकाम जलेश्वर नगरपालिका–८ का पण्डित धीरेन्द्र झाले बताउनुभयो ।

    मिथिलाञ्चलका साधुसन्त, महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममाकै क्रममा आज भगवान्ले होली खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्रीहरूले पनि आज होली पर्व मनाएका छन् । धनुषाको हनुमानगढीमा यही फागुन ४ गते सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता सीताको डोला तथा परिक्रमायात्रीहरू जम्मा भई फागुन ५ गते मङ्गलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

    महोत्तरीको कञ्चनवनमा सातौँ दिनको बासा त्याग गरेर आज सम्पूर्ण परिक्रमायात्री भगवान रामचन्द्र र माता सीताको डोला लिएर यात्रालाई अघि बढाउँदै आठौँ दिनको बासका लागि धनुषाको पर्वतातिर लागेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.