सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिन्धुलीमा रहेको हिमालयन फुड कम्पनीमा कामदारबीच झडप, सात घाइते


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १५:१२ 
  • कमलामाई (सिन्धुली), ११ फागुन । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् ।

    घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन् । जिल्लाकै मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरु ३८ वर्षीय नागरिक मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते छन् । उनीहरूको कान, टाउको, हात, छाति, मुखमा चोट लागेको र हाल मरिणकै प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।

    मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सुरु भएको थियो । सिन्धुली प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.