सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपल्लो डोल्पाका हिउँ छिचोलेर घोडाबाटै सुरक्षा गस्ती


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १५:०१ 
  • काँक्रेविहार (सुर्खेत), ११ फागुन । यही फागुन २१ गतेको चुनावलाई लक्षित गरेर हिउँले ढाकिएको उपल्लो डोल्पाको तीन पालिकामा नेपाली सेनाले घोडाबाट गस्ती सुरु गरेको छ । अक्सिजनको कमी हुनाका साथै हिउँले बाटो नै अवरुद्ध भएको उपल्लो डोल्पामा घोडाको प्रयोग गरेर सुरक्षा गस्ती सुरु भएको हो । 

    अहिले उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्धको धो, छार्काताङसोकङको कागकोट र शे फोक्सुण्डोका सुम्दुवामा सेनाले आफ्नो बेस खडा गरेर निर्वाचन लक्षित सुरक्षा गस्ती गरिरहेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष रूपमा सम्पन्न गर्न सेनाले घोडा प्रयोग गरेर गस्ती सुरु गरेको सङ्ग्राम शार्दूल गुल्म सुलिगार्डका गुल्मपति (सेनानी) हरिश शाहीले जानकारी दिनुभयो । जिल्लाका आठवटै पालिकामा सैनिक बेस खडा गरेर सेनाले पेट्रोलिङ गरिरहेको पनि सेनानी शाहीले बताउनुभयो । 

    जिल्लाका आठ ठाउँमा सेनाको निर्वाचन लक्षित सुरक्षा बेस क्याम्प खडा गरिएको छ । डोल्पामा ६८ मतदान केन्द्र स्थायी र दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार ११५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १८७ र पुरुष मतदाता ११ हजार ९२८ रहेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.