सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार ११:३९ 
  • जुम्ला, ११ फागुन । जुम्लाको तिला गाउँपालिका–४ स्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बनेको छ । त्रिवेणीधाम धार्मिकयात्रामा निस्किनेको रोजाइमा पर्ने गरेको वडाध्यक्ष भद्रवीर सार्कीले जानकारी दिनुभयो ।

    तिला नदी र भेरीखोला नदीको सङ्गमस्थलमा रहेको त्रिवेणीधाम विशेषरी आन्तरिक पर्यटनको रोजाइमा पर्ने गरेको छ । दुई नदीको सङ्गमस्थल भएकाले त्रिवेणी धामका रुपमा नामकरण गरिएको हो । वडाध्यक्ष सार्कीले भन्नुभयो,“त्रिवेणीधाम तिला गाउँपालिकाकै प्रसिद्ध धार्मिक क्षेत्र नभएर जिल्लाकै परिचित रहेको छ ।” त्रिवेणीधामलाई आन्तरिक तथा बाह्रपर्यटनसँग जोड्नका लागि गाउँपालिकाले गुरुयोजना बनाएको वडाध्यक्ष सार्कीको भनाइ छ ।

    त्रिवेणीधामलाई थप आकर्षण बनाउनका लागि पर्यटन बोर्डबाट आर्थिक सहयोगले धर्मशालासमेत निर्माण भएका छन् । त्रिवेणी क्षेत्रमा जिल्लाका अरु स्थानीय तहबाट पर्यटक आउने गरेको तिला गाउँपालिका–४ का स्थानीयवासी गोरखाबहादुर शाहीले बताउनुभयो ।

    ऐतिहासिक धार्मिकस्थलका रुपमा त्रिवेणी रहेकाले धार्मिक पर्यटकको सङ्ख्यालाई बढाउनका लागि गुरुयोजना बनाएर अघि बढेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो । त्रिवेणीधाम ऐतिहासिक धार्मिकस्थल हो, धार्मिकयात्रामा निस्कने धेरैको गन्तव्य त्रिवेणीधाम पर्ने गर्दछ । त्रिवेणीधाममा साउनमा धार्मिकयात्रामा आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ ।

    शिवरात्रिमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । त्रिवेणीधाम क्षेत्रलाई थप विकास गरी धार्मिक पर्यटकको गन्तव्यका रुपमा देशकै प्रमुख गन्तव्य बनाउन सकिने सम्भावना रहेको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.