सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित


  •    न्युजभित्तो/८ फाल्गुन २०८२, शुक्रबार १२:३४ 
  • कञ्चनपुर, ८ फागुन । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित भएका छन्भने प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत छन् । त्रिशक्ति उपभोक्ता समितिले पनि उनीहरुलाई सचेत रहन आग्रह गरेको छ ।

    बाघ बस्तीमा आउन थालेपछि निकुञ्ज वरपरका स्थानीयलाई राति हिँडडुल नगर्न, हिँड्नै परेमा समूहमा पर्याप्त उज्यालो (टर्च लाइट) लिएर मात्र निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यानहरू सफा राख्न अनुरोध गरिएको समितिका अध्यक्ष दमनबहादुर चन्दले राससलाई बताउनुभयो ।

    “निकुञ्जको सीमा क्षेत्रमा पर्ने खेतबारीमा काम गर्न जाँदा, दाउरा–घाँस काट्न वा पशुचौपाया चराउन जाँदा एक्लै नजान र समूहमा रहेर मात्र काम गर्न सचेत गराएका छौँ”, उहाँले भन्नुभयो, “कतै बाघ देखिएमा वा बाघले चौपाया मारेको थाहा पाएमा निकुञ्ज प्रशासन, नेपाली सेना, नगरपालिका वा वडा कार्यालयमा खबर गर्न आग्रह गरेका छौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.