सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव


  •    न्युजभित्तो/८ फाल्गुन २०८२, शुक्रबार ११:४० 
  • जानकी (बाँके), ८ फागुन । नेपालगञ्ज साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ । महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्नेछन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रमा पुग्नेछन् । 

    यस क्षेत्रमा साइकलिङलाई प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली, पर्यावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक सचेतनामा टेवा पुर्‍ याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । साइकल यात्रामार्फत बाँके र बर्दिया क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।

    आयोजकका अनुसार महोत्सवको पहिलो दिन वाटरपार्क, कान्तिताल, सिद्धिविनायक लायन्स पार्क हुँदै कोहलपुरमाको खडगवार हात्तिसार, बाँके राष्ट्रिय निकुञ्जसँगै सुतैया तालउको भ्रमण गरी गाभर भ्यालीमा टोली पुग्नेछ । साइकल र्‍यालीले विभिन्न जनचेतनामूलक गतिविधि, स्वास्थ्य तथा वातावरणसम्बन्धी सन्देश प्रवाह तथा प्रतिस्पर्धात्मक साइकल दौड सञ्चालन गर्नेछ । आयोजनका अनुसार साइक्लिस्टले नेपालगञ्जदेखि ठाकुरद्वारासम्मको यात्रा मार्गमा पर्ने विभिन्न स्थानमा स्थानीय संस्कृति, पर्यटकीयस्थल तथा सामाजिक गतिविधिको प्रवद्र्धन गर्नेछन् ।

    कार्यक्रममा स्वदेशी तथा विदेशी साइक्लिस्टहरुको सहभागिता छ । साइकल यात्राले पर्यटन प्रवद्र्धनका साथै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक सहकार्य विस्तार गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा जनचेतना अभिवृद्धि गरिने बताइएको छ । महोत्सवमा २५० जना साइक्लिस्टको सहभागिता छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.