सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्लाहीमा गोली लागेर एक बालक घाइते


  •    न्युजभित्तो/७ फाल्गुन २०८२, बिहीबार १६:५८ 
  • मलङ्गवा (सर्लाही), ७ फागुन । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते हुनुभएको छ । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते हुनुभएको हो । 

    मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई गोली लागेको हो । उक्त घटनामा बालकको दाहिने हातको पञ्जामा गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । 

    ढाकाबोर्डरस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र कुनामा रातो कपडाले बेरिएको वस्तु खोली हेर्दा पेस्तोल भेटिएको र सो पेस्तोल नक्कली होला भनी चलाउने क्रममा पड्किँदा बालक घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते बालकको प्रादेशिक अस्पताल मलङ्वामा उपचार भइरहेको र हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ । गत आइतबार फागुन ३ गते राति मलङ्गवामै अज्ञात व्यक्तिको गोली प्रहारबाट भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो ।

    उक्त घटनामा प्रयोग भएको हतियार पनि हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.