सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैदेशिक रोजगार एसोसिएसनद्वारा निर्वाचन परिचालन मूल समारोह समिति गठन


  •    न्युजभित्तो/७ फाल्गुन २०८२, बिहीबार १५:४० 
  • काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन मूल समारोह समिति गठन गरेको छ ।

    एसोसियसनले आज एक विज्ञप्ति जारी गरी एसोसिएसनका केन्द्रीय अध्यक्ष दीपक थापाको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन मूल समारोह तथा प्रचारप्रसार समिति गठन गरेको हो ।

    एसोसियसनले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका १६५ वटै क्षेत्रका उम्मेदवारलाई विजयी गराउन समिति गठन गरेको जनाएको छ । अध्यक्ष थापाले आगामी निर्वाचनमा पार्टीको नीति, विचार र उम्मेदवारको पक्षमा शुभेच्छुक संस्थामा आबद्ध वैदेशिक रोजगार ब्यवसायीलाई आफ्नो जिल्ला र क्षेत्रमा सक्रिय बनाउने उद्देश्यले समिति गठन गरिएको बताउनुभयो ।

    एसोसियसनले कोशी प्रदेशमा नरेन्द्रप्रसाद ढकाल, मधेस प्रदेशमा दानबहादुर बुढाथोकी, बागमती प्रदेशमा विनोदजङ्ग केसी, गण्डकी प्रदेशमा श्यामप्रसाद श्रेष्ठ, लुम्बिनीमा रामप्रसाद गैरे, कर्णालीमा ऋषिप्रसाद शर्मालाई संयोजक तोकिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.