सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग


  •    न्युजभित्तो/७ फाल्गुन २०८२, बिहीबार १५:३५ 
  • म्याग्दी, ७ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ ।

    चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी तुँदी पावरले तीन वटा विद्यालय र वडा कार्यालयलाई छ थान स्मार्ट बोर्ड सहयोग गरेको हो ।

    जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत बिनियोजन भएको रु। १० लाख ८० हजार बजेटबाट स्मार्ट बोर्ड उपलब्ध गराइएको रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अमर मावि चिमखोलालाई तीन, वडा कार्यालय, सिद्ध र चिमखोला आधारभूत विद्यालयमा एक÷एक थान ६५ इञ्चको स्मार्ट बोर्ड सहयोग प्राप्त भएको हो । विद्यालयमा प्रबिधीमैत्री पठनपाठन र वडा कार्यालयमा हुने तालिम, बैठकमा प्रस्तुतिका लागि प्रोजेक्टरको विकल्पमा स्मार्ट बोर्ड प्रयोग गरिने वडा अध्यक्ष पाइजाले बताउनुभयो ।

    विद्यालयको कक्षा कोठाको भित्तामा ‘स्मार्ट टिभी’ र ‘बोर्ड’ राखिएको छ । इन्टरनेटमा सन्दर्भ सामग्री खोजेर पढाउन थालिएको अमर माविका प्रअ खबहादुर थापाले बताउनुभयो । विद्यार्थीमा सिकाई उपलब्धी बढाउन र शिक्षकहरुलाई सिर्जनशिल तथा प्रबिधीमैत्री बनाउन यस्तो अभ्यास गरिएको हो ।

    सूचना प्रविधिको प्रयोग गरेर पठनपाठन गराउन विद्यार्थीले अध्ययनमा रुची देखाउने र सिकाई उपलब्धी वृद्धि हुने अपेक्षा गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.