सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवोदितमा ‘विज्ञान प्रदर्शनी’ सुरु


  •    न्युजभित्तो/६ फाल्गुन २०८२, बुधबार १६:४५ 
  • काठमाडौँ, ६ फागुन । आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले नवोदित कलेजमा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । नवोदित कलेज सामाखुशीको आयोजनामा आज भएका प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ३५ कक्ष राखिएका छन् ।

    प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले गुणस्तरीय जनशक्ति उत्पादन र समावेशी शिक्षाको प्रवर्द्धनमा कलेजले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक दक्षता अभिवृद्धि र भविष्य निर्माणमा निरन्तर नगरपालिकाको निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान)का उपाध्यक्ष एवम् कलेजका प्राचार्य राजेन्द्र अधिकारीले आजको शिक्षामा नवप्रवर्तन र स्वतन्त्र सोच आवश्यक रहेको बताउनुभयो । उहाँले सिकाइले विद्यार्थी आत्मनिर्भर बन्न, स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्म प्रतिस्पर्धी बन्न, व्यावहारिक सिकाइलगायत सकारात्मक नतिजाका लागि प्रदर्शनी अत्यन्त प्रभावकारी माध्यम रहेको उल्लेख गर्नुभयो ।

    कलेजका सहप्राचार्य जिवी अधिकारीले प्रदर्शनीले विद्यार्थीलाई सिक्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने र प्रतिस्पर्धी बन्ने अवसर प्रदान गरेको धारणा राख्नुभयो । उक्त प्रदर्शनीमा ‘फुड कोर्ट’, ‘हेल्थ डेक्स’ र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँभित्रका एक दर्जनभन्दा बढी विद्यालयका विद्यार्थीले प्रदर्शन अवलोकन गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.