सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला


  •    न्युजभित्तो/६ फाल्गुन २०८२, बुधबार १२:१३ 
  • नेपालगन्ज, ६ फागुन । बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’ फेला परेको छ ।

    नेपालगन्जको जमुनाह क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले अवैध भारतीय कुखुराको ‘अण्डा’ विभिन्न पसलहरुबाट फेला परेका हो । नेपाल सरकारले पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लागेको अवस्थामा कुखुराको सेतो ‘अण्डा’ जमुनाहका पसलमा फेला परेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।
    “हामीले जनाचेतना फैलाउने र अवैध कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिरहेका छौँ”, पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा हरेराम यादवले भन्नुभयो । उहाँले विगत १० वर्षदेखि भारतबाट पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाइएको उल्लेख गर्दै भारतबाट अवैध रुपमा ल्याएको कुखुरा वा अण्डा नेपालमा ल्याउन निषेध गरिएको बताउनुभयो ।

    क्वारेन्टाइनको संयुक्त अनुगमन टोलीले १७ बढी मासु तथा होटल र पसलमा अनुगमन गरी सचेत गराउँदै केही पसललाई कारबाहीस्वरूप ‘अण्डा’ जफत गरी नष्ट गरेको जनाएको छ । सो टोलीले १५ क्यारेट बढी ‘अण्डा’ बरामत गरी नष्ट गरेको थियो ।

    अनुगमन टोली बजारमा अनुगमनमा एक्कासि गएपछि पसल सञ्चालकले पहिले जानकारी दिएर अनुगमन गर्न आउनुपर्ने भन्दै केहीवेर विवाद समेत गरेका थिए । पशु सेवाविज्ञ केन्द्र, बाँकेका वरिष्ठ पशु चिकित्सक डा।गणेश पुनले अनुगमन गर्दा जानकारी दिए कमजोरी लुकाउने प्रयास हुने उल्लेख गर्नुभयो । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक यादवको नेतृत्वमा भएको सो बजार अनुगमन भएको थियो । मासु पसलको अनुगमनमा केही पसल बिना दर्ता सञ्चालन गरेको, सरसफाइमा ख्याल नगरेको, नवीकरण नगरेको र बिलबिजक सही नराखेको पाइएको थियो ।

    अनुगमन टोलीले व्यावसायिक कुखुरा फार्मसमेतको निरीक्षण गरेको थियो । अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज, घरेलु तथा साना उद्योग महासङ्घ, नेपालगन्ज उमहानगरपालिका पशु सेवा शाखा, सीमा सुरक्षा गुल्म जमुनाह, बोर्डर आउट पोस्ट जयसपुर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय जमुनाहालगायतका प्रतिनिधि तथा प्रमुख हुनुहुन्थ्यो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.