सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिउँदे वर्षात नहुँदा किसान चिन्तित


  •    न्युजभित्तो/४ फाल्गुन २०८२, सोमबार ११:४२ 
  • भोजपुर, ४ फागुन । हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

    भोजपुर नगरपालिका– ५ का बेनीबहादुर विष्टले आकाशे पानीमा निर्भर बाली जोगाउन समस्या भएको गुनासो गर्नुभयो । “आशा गरेर रोपिएको बाली पानी नपाएर सुक्न थालेको छ,” उहाँले भन्नुभयो “अब पनि पानी नपरे नोक्सानी हुने डर छ । हिउँदेबाली पानी अभावमा सुक्न थालेको अवस्था छ । ”

    खेतीका लागि सिँचाइको पर्याप्त व्यवस्था नहुँदा समस्या थप जटिल बनेको छ । खोलानाला सुक्दै जानु र भूमिगत पानीको सतह घट्नुले सिँचाइ गर्न कठिनाइ भइरहेको किसान बताउँछन् । यस वर्ष समयमै पानी नपरे हिउँदे बालीको उत्पादन घट्ने किसानको भनाइ छ ।

    कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार खडेरीको असर जिल्लाभर देखिन थालेको छ । केन्द्रका प्राविधिकहरूले सम्भव भएसम्म वैकल्पिक सिँचाइ व्यवस्था अपनाउन र माटोमा चिस्यान जोगाउने उपाय अपनाउन किसानलाई सुझाव दिएका छन् । लामो खडेरीले हिउँदेबाली मात्र होइन, आगामी कृषिजन्य उत्पादन र किसानको जीवनस्तरमा समेत असर पार्ने चिन्ता बढ्दै गएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.