सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई


  •    न्युजभित्तो/३ फाल्गुन २०८२, आईतवार १३:४९ 
  • फिक्कल (इलाम), ३ फागुन । इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ ।

    शनिबार माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोट्र्स क्लब इलामलाई ४–२ गोलअन्तरले पराजित गर्दै दारिम्बाले उपाधि हात पारेको हो ।

    दारिम्बाका लागि स्मिता लिम्बूले दुई तथा सलिना कोइराला र सुजिता तामाङले एक–एक गोल गरिन् । जनता सेभेनका तर्फबाट रेखा विष्ट र कल्पना जिम्बाले समान एक–एक गोल फर्काइन् । खेलको दोस्रो मिनेटमै जनता सेभेनकी रेखा विष्टले पेनाल्टी क्षेत्रबाट गोल गर्दै टिमलाई अग्रता दिलाइन् । तर त्यो अग्रता धैरै समय टिक्न सकेन । सातौँ मिनेटमा दारिम्बाकी स्मिता लिम्बूले हेडमार्फत गोल गरी खेल १–१ को बराबरीमा ल्याइन् । चौधौँ मिनेटमा सलिना कोइरालाले गोल गर्दै दारिम्बालाई २–१ को अग्रता दिलाइन् । कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै २२ैँ मिनेटमा पुनः स्मिता लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–१ बनाइन् । उनान्तीसौँ मिनेटमा जनता सेभेनकी कल्पना जिम्बाले रिबाउन्ड बललाई सदुपयोग गर्दै अन्तर ३–२ मा झारिन् ।

    पहिलो हाफमा एक गोलले पछि परेको जनता सेभेन दोस्रो हाफमा पनि लयमा फर्कन सकेन । ५३औँ मिनेटमा दारिम्बाकी गोलकिपर सुजिता तामाङले फ्रिकिकमार्फत गोल गर्दै टिमलाई ४–२ को अन्तरमा जित सुनिश्चित गरिन् ।

    सुरुआती अग्रता लिए पनि जनता सेभेन खेलअवधिभर दबाबमा रह्यो । दारिम्बाले निरन्तर आक्रमण गर्दै विपक्षी पोष्टमा बल पुर्याएको थियो भने जनता सेभेनका खेलाडीलाई बल नियन्त्रण र पास वितरणमा कठिनाइ परेको देखिन्थ्यो । उपाधिसँगै विजेता दारिम्बाले नगद रु तीन लाख ७० सहित ट्रफी हात पार्यो । उपविजेता बनेको जनता सेभेनले नगद रु दुई लाख ७० मा चित्त बुझायो ।

    प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता दारिम्बाकी सुजता तामाङ, उत्कृष्ट डिफेन्डर दारिम्बाकै मनिता तामाङ, उत्कृष्ट खेलाडी उपविजेता जनता सेभेनकी रेखा विष्ट, उदयीमान खेलाडी जनता सेभेनकै नविना श्रेष्ठ र सर्वाधिक गोलकर्ता जनता सेभेनकै सरिता नाथ ९चार गोल० घोषित भइन् । उनीहरूले जनही नगद रु पाँच हजार ७० सहित ट्रफी प्राप्त गरेको आयोजक आत्मापवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिनुभयो ।

    स्थानीय किरात धर्मगुरुआमा पवित्रहाङमा साँवा (लिङदेन)को ७०औँ जन्मोत्सवका अवसरमा माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी एवं भारत दार्जिलिङका गरी आठ महिला टोलीको सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.