सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी


  •    न्युजभित्तो/३ फाल्गुन २०८२, आईतवार १३:०५ 
  • मुस्ताङ, ३ फागुन । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ केजी फोहरमैला जिल्ला बाहिर निकासी गरिएको छ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा सङ्कलित फोहरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमले जिल्ला बाहिर पठाएको हो ।

    धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई स्वच्छ, सफा र वातावरणमैत्री तुल्याउने उद्देश्यले एक्यापले गत आर्थिक वर्षदेखि यहाँका समुदायले सङ्कलन गरेको फोहरमैलालाई ट्रकमार्फत ढुवानी गरी पोखरा पठाउन थालेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

    एक्यापले मुस्ताङको तल्लो क्षेत्रमा समुदायले सङ्कलन गरेको नकुहिने प्लास्टिकजन्य फोहरमैला उठाएर पुनः प्रयोगका लागि पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिमा निकासी गरेको कार्यालय प्रमुख गुप्ताले उल्लेख गर्नुभयो । चालु वर्षको पुससम्म यहाँ सङ्कलित फोहर चारपटक ट्रकमा ढुवानी गरी पोखरा पठाइएको प्रमुख गुप्ताको भनाइ छ ।

    मुस्ताङमा पर्यटन व्यवसायी तथा स्थानीय समुदायस्तरबाट सङ्कलन भएको नकुहिने फोहरलाई एक्याप जोमसोमले ट्रकको ढुवानी गरिएको भाडा आफ्नै आर्थिक खर्च व्यवस्थापन गरी पोखरास्थित प्रशोधन केन्द्रमा पठाउने गरेको प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

    यस वर्ष पहिलो चरणमा गत भदौ ११ गते १७६ बोरा अर्थात् ५४४ केजी, दोस्रो चरणमा कात्तिक १९ गते १५४ बोरा अर्थात् ८६० केजी, तेस्रो चरणमा मङ्सिर ७ गते २४२ बोरा अर्थात् १५३ केजी र चौथो चरणमा पुस ९ गते १७२ बोरा अर्थात् एक हजार ३५१ केजी फोहर पोखरामा निकासी गरिएको हो ।

    यसैगरी गतवर्ष एक्याप जोमसोमले यहाँको तीन पालिकामा पर्यटन व्यवसायी तथा समुदायले सङ्कलन गरेको दश हजार १९० केजी फोहर ट्रकमा ढुवानी गरी पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रशोधन केन्द्रमा पठाएको थियो ।

    यसअघि मुस्ताङमा सङ्कलन हुने नकुहिने प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि एक्याप र ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिबीच फोहर व्यवस्थापन गर्नेसम्बन्धी सहमति गरेको थियो । एक्याप प्रमुख गुप्ताका अनुसार मुस्ताङमा सङ्कलन हुने फोहरलाई सम्बन्धित स्थानमा पुर्याउन ढुवानीको साधन व्यवस्थापन गर्नमा समस्या परिरहेको बताउनुभयो ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्वामित्वमा रहेको मुस्ताङमा यहाँको वातावरणलाई चुस्त राख्ने उद्देश्यले फोहरमैला व्यवस्थापन गर्नका लागि चालु आवमा यहाँका तीन पालिकाले रु पाँच–पाँच लाख बजेट विनियोजन गरिएको प्रमुख गुप्ताले बताउनुभयो । एक्यापले दिएको फोहरमैला व्यवस्थापन शीर्षकको बजेटमा रहेर यहाँको घरपझोङ गाउँपालिकाले ट्याम्पो खरिद गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सङ्कलित फोहरलाई थिच्ने कम्प्रेसर मेसिन खरिद गरेको छ भने थासाङ गाउँपालिकाले फोहरमैला शीर्षकमा छलफलको चरणमा रहेको एक्यापले जनाएको छ ।

    त्यसैगरी, जिल्लामा पर्यटक तथा स्थानीय नागरिकबाट हुने फोहरमैलाको समुचित व्यवस्थापनका लागि यहाँका तीन पालिकामा एक्याप फोहर सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ । एक्यापले यहाँको थासाङ–४ घाँसा, थासाङ–३ लेते र धम्पु, थासाङ–२ कोवाङ, थासाङ–१ टुकुचे, घरपझोङ–३ स्याङ, घरपझाङ–१ छैरो, वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी र वारागुङ मुक्तिक्षेत्र–४ मुक्तिनाथमा फोहरमैला सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.