सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बंगलादेशमा बिएनपीले जित्यो दुई तिहाइ सिट


  •    न्युजभित्तो/१ फाल्गुन २०८२, शुक्रबार १६:०३ 
  • काठमाडौँ,१ फागुन। बंगलादेशमा बिहीबार भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। बंगलादेशबाट प्रकाशन हुने अनलाइन द डेली स्टारका अनुसार अब तीन क्षेत्रको मात्रै परिणाम आउन बाँकी छ।

    अहिलेसम्मको नतिजाअनुसार बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)ले दुई तिहाई सिट जितेको छ। उसले अहिलेसम्म २१३ सिट जितेको डेली स्टारले जनाएको छ। प्रतिनिधि सभाको ३०० सिटमध्य २९९ सिटमा चुनाव भएको थियो।

    एक उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित भएको थियो। ‍ दुई तिहाईका लागि कम्तिमा २०० सिट जित्न आवश्यक रहनेमा बिएनपीले २१३ सिट ल्याउने निश्चित भएको हो।

    पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा तारिक रहमान नेतृत्वको बिएनपीलाई बंगलादेशका जनताले भव्य अनुमोदन गरेको भनेर त्यहाँको सञ्चारमाध्यमहरुले लेखेका छन्।

    निर्वाचन आयोगले शुक्रबार साँझसम्म औपचारिक नतिजा घोषणा गर्ने जनाएको छ। त्यसपछि बिएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री चयन हुनेछन्। यसपालि शेख हसिनाको पार्टी अवामी लिगलाई चुनावमा प्रतिबन्ध लगाइएको थियो।

    हसिना २०२४ को जुलाइमा विद्यार्थीको आन्दोलन चर्किँदा प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासन गएकी थिइन्। यसपालि अवामी लिग प्रतिस्पर्धामा नभएका कारण पनि बिएनपीले दुई तिहाई सिट जित्न सकेको भनेर विश्लेषकहरूले बताएका छन्।

    अवामी लिगको अनुपस्थितिमा जमात-ए-मुस्लिम पार्टीले बिएनपीसँग प्रतिस्पर्धा गरेको थियो। जमात-ए-मुस्लिमले विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी नेसनल सिटिजन्स पार्टी ९एनसिपी० लगायत ११ दलसँग गठबन्धन गरेको थियो।

    त्यसका बाबजुद उक्त गठबन्धनले ७६ सिट मात्रै ल्याएको बताइएको छ। त्यसमध्ये पनि एनसिपीका ६ जना उम्मेदवार मात्रै विजयी भएको भनेर डेली स्टारले शुक्रबार बिहान लेखेको थियो। दिउँसोसम्ममा कति बढ्यो भन्ने सार्वजनिक भएको छैन।

    मतगणनालाई लिएर जमात-ए-इस्लामले पनि असन्तुष्टि जनाएको भनेर एएफपीलाई उद्धृत गरेर बिबिसी हिन्दीले लेखेको छ।

    जमात(ए(इस्लामले चुनावी परिणाम र मतगणनाको पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

    यद्यपि उसले आफ्ना समर्थकहरूलाई धैर्यता ‍अपनाउन पनि आग्रह गरेको छ। सुरूवातमा जमात-ए-इस्लामले जस्तोसुकै परिणाम पनि सहर्ष स्वीकार गर्ने बताएको थियो।

    उसँगै गठबन्धन गरेको एनसिपीले पनि मतगणनाप्रति प्रश्न उठाएको थियो। गएराति नै एनसिपी प्रवक्ता आशिफ महमुदले पत्रकार सम्मेलन गरी मतगणनामा गडबडी भएको बताएका हुन्।

    उनले अन्तिम नतिजा सार्वजनिक गर्नुअघि विवादित सिटहरूको पुनःसमीक्षा गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। एनसिपीले जमात-ए-इस्लाम लगायत ११ वटा दल मिलेर गठबन्धन गरेको थियो।

    ”११–दलीय गठबन्धनका शीर्ष उम्मेदवारलाई लक्ष्य गरेर नतिजा हेरफेर गरिएको भन्ने स्पष्ट प्रमाण हामीले पाएका छौं,” पत्रकार सम्मेलनमा आशिफ महमुदले भनेका छन्।

    उनका अनुसार केही क्षेत्रमा सञ्चारमाध्यमले सार्वजनिक गरेका तथ्यांक, मतदान केन्द्रको मतगणना विवरण र निर्वाचन अधिकृतले घोषणा गरेका नतिजाबीच स्पष्ट भिन्नता देखिएको बताएका छन्। उनले ढाका–१३, ढाका–१५, ढाका–१७, ढाका–१९ र ढाका–११ क्षेत्रमा अनियमितता भएको दाबी गरे।

    ”कतिपय स्थानमा पूर्ण मतगणना नहुँदै विजेता घोषणा गरिएको छ भने केही केन्द्रको नतिजा पछि परिवर्तन गरिएको छ,” उनले भनेका छन्।

    कुरीग्राम–१ र कुरीग्राम–२ मा गठबन्धनका उम्मेदवारको अनौपचारिक विजय घोषणा भएपछि दबाब र तनाव सिर्जना गरिएको पनि उनले दाबी गरे।

    ढाका–८ मा तोकिएको चिन्हभन्दा बाहिर छाप लगाइएका मतपत्रसमेत गणनामा समावेश गरिएको उनको आरोप छ।

    एनसीपीले विवादित क्षेत्रको मतगणना पुनःजाँच गर्न, आवश्यक परे पुनःप्रमाणीकरण गर्न र निष्पक्ष ढंगले अन्तिम नतिजा सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.