सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाईभैँसी खरिद गर्न अनुदान


  •    न्युजभित्तो/२८ माघ २०८२, मंगलवार १२:३५ 
  • पर्वत, २७ माघ । मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ ।

    आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको हो । गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउँदै व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यस वर्षदेखि गाईभैँसी खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।

    प्रशासकीय अधिकृत पुरीका अनुसार प्रति एक गाई वा भैँसी खरिद गर्ने किसानलाई रु २५ हजार अनुदान दिइने छ । कुनै सहकारी, सामूहिक वा व्यक्तिगत व्यावसायिक फार्म तथा पालिकाभित्रका जुनसुकै किसानले पनि अनुदान लिनसक्ने छन् । अनुदान लिन सम्बान्धित वडा कार्यालयको सिफारिस, तोकिएको निवेदन र परियोजना प्रस्ताव, नागरिकताको प्रतिलिपि, व्यवसाय सञ्चालनका लागि जग्गा करारमा लिएको कम्तीमा पाँच वर्षको सम्झौतापत्र वा जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने गाउँपालिकाारा प्रकाशित सूचनामा उल्लेख छ ।

    बढ्दो युवा पलायन, बाँदर आतङ्क, बजार अभावलगायत कारणले कृषि तथा पशुपालन व्यवसायमा लाग्ने किसानको सङ्ख्या न्यून हुँदै गएका बेला यसतर्फ आकर्षित गर्न यो कार्यक्रमबाट प्रोत्साहन मिल्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । उहाँले गाईभैँसी खरिद गर्न माग बढ्दै गएमा अर्को वर्ष लगायी बढाउँदै जाने बताउनुभयो ।

    पोखरा–बागलुङ सडक तथा अधिकांश वडा तहसम्म कालोपत्र सडकको पहुँच पुगेको मोदी गाउँपालिका कृषि तथा पशुपालनका लागि उर्वर भूमि मानिन्छ । अहिले पनि बाजुङ, देउपुर, भुकताङ्ले, तिलाहारलगायत स्थानका किसानले व्यावसायिक रूपमा गाईभैँसीपालन, कुखुरापलन तथा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.