सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै


  •    न्युजभित्तो/२६ माघ २०८२, आईतवार १२:१५ 
  • बैतडी, २५ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार उक्त खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभरि सञ्चालन हुँदैछ ।

    जिल्लाभरिका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्षका किशोरी र गत वर्षको अभियानमा छुटेका किशोरीलाई खोप दिइने उहाँले बताउनुभयो ।

    गत वर्ष अभियानका रूपमा किशोरीहरूलाई एचपिभी खोप दिइएको थियो भने यो वर्ष नियमित खोपमा समावेश गरिएको खोप हो । बैतडीमा यो वर्ष कक्षा ६ मा अध्ययनरत दुई हजार ३८६, गत वर्षको अभियानमा छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका छ किशोरी गरेर दुई हजार ४५३ जनालाई खोप दिइने जनाएको छ ।

    गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपिभी खोप दिइएको थियो । यो वर्ष किशोरीहरूलाई एचपिभी खोप दिनका लागि स्थानीय तहहरूले आफ्नो पालिकामा तयारी भइरहेको र प्रत्येक विद्यालयलाई खोप केन्द्र तोकिएको छ ।

    पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रूपमा लगाउनुपर्ने जिल्ला अस्पतालका निमित्त प्रमुख डा पविन उपाध्यायले बताउनुभयो । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि महिलाहरूले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप लगाउनु अनिवार्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.