सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप स् उर्लाबारी भेट्रान्स प्रथम


  •    न्युजभित्तो/२६ माघ २०८२, आईतवार १२:०२ 
  • पथरी (मोरङ), २५ माघ । दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले हात पारेको छ । सतिसाले भेट्रान्सलाई २–० गोलअन्तरले हराउँदै उर्लाबारी भेट्रान्सले उपाधि चुमेको हो । विजयी उर्लाबारी भेट्रान्सले उपाधिका साथ नगद रु एक लाख ११ हजार १११ प्राप्त गर्यो भने उपविजेता सतिसाले भेट्रान्सले उपाधिसहित रु ५५ हजार ५५५ प्राप्त गरेको छ ।

    निकै प्रतिस्पर्धात्मक खेलमा उर्लाबारीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४२औँ मिनेटमा उर्लाबारीका लागि विकास राईले पहिलो गोल गरे । मित्त बस्नेत खेलको ७२ औँ मिनेट गोल गर्दै अग्रता दोब्बर पारे । खेलको म्यान अफ दी म्याच उर्लाबारी भेट्रान्सका पहिलो गोलकर्ता विकास राई, गोल्डेन ग्लोप्स गोलरक्षक विनोद गौतम घोषित हुँदै नगद रु पाँच–पाँच हजार प्राप्त गरे । सतिसाले भेट्रान्सका निरु लिम्बूले गोल्डेन बलसहित नगद रु पाँच हजार र जीवन लिम्बूले गोल्डेन बुटसहित नगद रु सात हजार ५०० प्राप्त गरे ।

    पथरी शनिश्चरे भेट्रान्सले आयोजना गरेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका आठ टिमको सहभागिता थियो । यही माघ १७ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगिता प्रस्तावित पथरी रङ्गशालामा सञ्चालन भएको थियो । पथरी शनिश्चरे नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको पहिलो पुरस्कार मेचिकाली रेस्टुरेन्ट मलेसिया र दोस्रो पुरस्कार सञ्जीव लिङ्देनले प्रदान गर्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनको मोल तोलामा आठ हजारले वृद्धि
    अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
    • विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    • कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.