सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बूढासुब्बा गोल्डकपः रोयल थिम्पु र झापा–११ बीच प्रतिस्पर्धा


  •    न्युजभित्तो/२४ माघ २०८२, शुक्रबार १५:२६ 
  • धरान (सुनसरी), २३ माघ । सुनसरीको धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज दिउँसो ३ः०० बजेदेखि रोयल थिम्पु क्लब (भुटान) र झापा–११ झापाबीच प्रतिस्पर्धा हुँदैछ ।

    धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले जर्जियन फुटबल क्लब (भारत) लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    प्रतियोगितामा १० टोली सहभागी छन् । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई जनही रु १० हजार प्रदान गरिने छ । 

    उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    धरान फुटबल क्लबले २०५५ सालदेखि आयोजना गर्दै आएको उक्त प्रतियोगिता माघ २२ देखि सुरु भई आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । गत वर्षको प्रतियोगिताको उपाधि एनआरटी क्लब काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ उपविजेता बनेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.