सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने


  •    न्युजभित्तो/२२ माघ २०८२, बुधबार १५:३४ 
  • देवदह (रुपन्देही), २१ माघ । रुपन्देहीको भैरहवामा रात्रिकालीन बजार सञ्चालनका लागि पहल गरिने भएको छ । 

    सिद्धार्थ सञ्जाल, रुपन्देहीले यस क्षेत्रमा रात्रिकालीन बजार सञ्चालनका लागि स्थानीय सरकार (सिद्धार्थनगर नगरपालिका), जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग आवश्यक परामर्श तथा पहल गर्ने भएको हो ।

    यही माघ १९ र २० गते नवलपरासी (बर्दघाट–सुस्ता–पूर्व), नवलपुरको कावासोती नगरपालिका–१५ स्थित बाघखोरमा भएको सञ्जालको समीक्षा तथा योजना बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अनिलकुमार ज्ञवालीले बताउनुभयो । अध्यक्ष ज्ञवालीले विगतमा पनि रात्रिकालीन बजार सञ्चालनका लागि समिति बने पनि आवश्यक काम अघि बढ्न भने बाँकी रहेको बताउनुभयो । 

    उहाँले बजार सञ्चालनका लागि विशेष गरी प्रहरी–प्रशासन र स्थानीय सरकारको साथ र सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । सञ्जालले विगतमा पनि पहल गरेको र पुनः पहल थाल्ने उहाँले जानकारी दिनुभयो । यसमा सिद्धार्थनगर नगरपालिकाले विशेष चासो राख्नुपर्ने उहाँको भनाइ छ ।

    “नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक बेलहिया नाका हुँदै भित्रिने गरेका छन्, तर गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार भैरहवामा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिएको छैन, बेलहिया हुँदै अन्यत्र जाने पर्यटकलाई कम्तीमा एकदिन भए पनि भैरहवामा बसाउन रात्रीकालीन बजार सञ्चालनको अत्यन्तै आवश्यकता छ”, अध्यक्ष ज्ञवालीले भन्नुभयो ।

    हप्तामा कम्तीमा दुईदिन रात्रिकालीन बजार सञ्चालन गरी स्थानीय खानाका परिकारको स्टल राख्ने, विभिन्न जातजाति तथा समुदायबाट सांस्कृतिक प्रस्तुति, गौतमबुद्धको जीवनीमा आधारित वृत्तचित्र देखाउनुका साथै विभिन्न कार्यक्रम आयोजना गर्न सकिने उहाँको भनाइ छ ।

    रात्रिकालीन बजार सञ्चालन भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने र यस क्षेत्रको आर्थिक गतिविधिलाई अझ चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

    समीक्षा तथा योजना बैठकले १८ बुँदे वार्षिक कार्ययोजना तय गरेको सिद्धार्थ सञ्जालका महासचिव मधुप्रसाद पन्थीले बताउनुभयो । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि दबाबमूलक कार्यक्रम र सम्बन्धित ठाउँमा छलफल, पर्यटन प्रवद्र्धनसम्बन्धी योजना ल्याएर पर्यटकका समस्या समाधानका लागि पहल तथा पर्यटकीय र धार्मिकस्थलको पहिचान गरी प्रचारप्रसारको योजना ल्याउने निर्णय भएको महासचिव पन्थीले जानकारी दिनुभयो ।

    त्यस्तै विभिन्न सङ्घ–संस्थासँग छलफल तथा अन्तक्र्रिया गरी समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल, उद्योगी–व्यवसायी र वस्तुगत सङ्घ–संस्थाको गुनासो सुनी सम्बन्धित ठाउँमा पेस, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायसँग समन्वय गरी छलफल तथा अन्तक्र्रिया, स्थानीय विकास र भौतिक निर्माणसँग सम्बन्धित विषयमा स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल, समग्र भैरहवाको विकासका अवसर तथा चुनौती विषयक छलफल कार्यक्रम एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि सम्बन्धित निकायसँग छलफल गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

    त्यसैगरी सीमा क्षेत्र व्यवस्थित गर्न आवश्यक पहल, सरकारी कार्यालयहरुसँग समन्वय गरी आवश्यक सल्लाह–सुझाव दिने तथा यहाँका समस्याबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने र यस क्षेत्रमा महोत्सव सञ्चालनका लागि स्थायी मण्डप नभएकाले भैरहवा मण्डपका लागि जग्गाकोे व्यवस्थापनका निम्ति सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको सञ्जालका उपाध्यक्ष डा शान्तकुमार शर्माले बताउनुभयो ।

    करिब अढाइ वर्षअघि भैरहवा क्षेत्रका सङ्घ–संस्थाको भेला गरी शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यवसाय क्षेत्रको विकासका लागि आवाज बुलन्द गर्ने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही गठन भएको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.