सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध


  •    न्युजभित्तो/२२ माघ २०८२, बुधबार १५:२४ 
  • काठमाडौँ, २१ माघ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ ।
    शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयलाई एकीकृत प्रणालीमा जोडेका हुन् ।

    सबै विद्यालयहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण मावि, रत्नराज्य मावि, पद्मोदय मावि, जनपथ मावि र विश्व निकेतन माविका शिक्षक र कर्मचारीको नाम ‘डाटा इन्ट्री’ र ‘फेस रिडिङ’ भइसकेको छ ।

    विद्यार्थीहरुको तथ्याङ्क प्रविष्ट गराउने र फेस रिडिङ प्रक्रिया चलिरहेको शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

    उक्त प्रणालीका लागि कामपाका आन्तरिक जनशक्तिले काम गरेका छन् । यसले, कामपाको प्रणाली विकासमा परनिर्भरता घट्न थालेको छ । प्रणाली विकासपछि विद्यालयको लेखा र प्रशासनमा काम गर्ने कर्मचारीहरुलाई हाजिरी प्रणाली सञ्चालन गर्ने तालिम प्रदान गरेको छ । तालिमबाट डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने काम विद्यालयहरुबाटै हुनेछ । तर, यसको रियल टाइम सूचना कामपाको केन्द्रीय प्रणालीबाट निगरानी गर्न सकिनेछ । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल भन्नुहुन्छ, “कामपाको आफ्नै प्रणाली विकास हुनु सबैभन्दा ठुलो उपलब्धि हो । अब सेवाका लागि परामर्शदाताको मुख ताक्नुपर्दैन ।”

    प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइसकेपछि सब–नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सूत्र) मा आवद्ध गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालले बताउनुभयो ।

    यो प्रणाली व्यक्तिगत प्रोफाइल समेत हुनेछ । जसमा विद्यार्थीले आफ्नो विवरण आफैँ हेर्न सक्नेछन् । यसलाई विकास गर्दै विद्यार्थीहरु गयल भएको सूचना अभिभावकलाई पठाउने बनाइने पनि कामपाले जानकारी दिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनको मोल तोलामा आठ हजारले वृद्धि
    अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
    • विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    • कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.