सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आर्थिक अभावले उपचारमा समस्या भएकालाई विद्यार्थीको सहयोग


  •    न्युजभित्तो/२२ माघ २०८२, बुधबार १३:०४ 
  • भोजपुर, २१ माघ । भोजपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीले आर्थिक रूपमा कमजोर भएका बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । क्याम्पसमा अध्ययनरत सङ्गम विश्वकर्माका बुबा गम्भीर बिरामी परेपछि विद्यार्थीले सहयोग सङ्कलन गरी हस्तान्तरण गरेका हुन् । 

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर क्याम्पसका सभापति सोविन तामाङका अनुसार विद्यार्थीबाट सङ्कलित रु १६ हजार ५२० रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको छ । सङ्गमका बुबाको उपचारका लागि आर्थिक अभाव भएपछि स्ववियुले सबैमा सहयोगको आह्वानसमेत गरेको उहाँले जानकारी दिनुभयो । 

    सङ्गम विश्वकर्माका बुबा फोक्सोको सङ्क्रमणका कारण हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदै हुनुहुन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.