सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री


  •    न्युजभित्तो/२२ माघ २०८२, बुधबार १२:५६ 
  • तनहुँ, २१ माघ । यहाँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड आम्दानी गरेका छन् । गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष रु साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो । 

    जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट उत्पादन भएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार एघार हजार ८२१ दशमलव सात मेट्रिकटन उत्पादन भएकामा औपचारिक रूपमा पाँच हजार ८२१ दशमलव नौ मेट्रिकटन सुन्तला उत्पादन बिक्री हुँदा उक्त कारोवार भएको हो ।  

    जिल्लाको आँबुखैरेनी, घिरिङ्ग, देवघाट, भीमाद, म्याग्दे, ऋषिङ्ग, बन्दीपुर, व्यास र शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्र सुन्तलाखेतीका लागि पकेट क्षेत्रको प्रख्यात मानिन्छन् । सुन्तला उत्पादनबाट राम्रो आम्दानी गर्न थालेपछि सुन्तलाखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताउनुभयो ।  

    तनहुँमा उत्पादित अधिकांश सुन्तला दमौली, पोखरा र काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका थिए । त्यसका कारण किसान बिक्रीका लागि बजारको समस्या खेप्नु नपर्दा थप उत्साहित देखिएका हुन् ।

    कार्यालयबाट अनुदान अन्तर्गत किसानलाई निःशुल्क रूपमा बेर्ना, नयाँ क्षेत्रफल विस्तारका लागि खाल्टो खन्न, सिँचाइ गर्न पोखरी बनाउन, अनावश्यक हाँगा काट्ने मेसिन खरिद गर्न सून्तला जात फलफूल विकास कार्यक्रमअन्तर्गत अनुदानको व्यवस्था गरिएको सूचना अधिकारी परियारले जानकारी दिनुभयो । 

    किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रूपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरण गरी प्रोत्साहन गर्दै आएको सो कार्यालयले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनको मोल तोलामा आठ हजारले वृद्धि
    अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
    • विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    • कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.