सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ


  •    न्युजभित्तो/२२ माघ २०८२, बुधबार ११:३६ 
  • सिरहा, २१ माघ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरीलाई पक्राउ गरिएको हो ।

    अभियुक्तद्वयले कल्याणपुर गनरपालिका–७ का रिशकेशकुमार मरिकलाई भारतको गयामा आकर्षक काम लगाइदिने भन्दै प्रलोभनमा पारिएको थियो । गत पुस २० गते त्यहाँ पुर्याएपछि मोबाइल र सर्टिफिकेटसमेत खोसी उनलाई एक होस्टलमा बन्धक बनाएको पीडितले बताएका थिए । पीडितलाई बन्धक बनाएर कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिँदै परिवारबाट फिरौती रकम असुल गरेको प्रहरीले जनाएको छ ।

    अभियुक्तहरूले पीडितको परिवारबाट रु दुई लाख १७ हजार २०० र मरिकको साथबाट ३० हजार भारु असुल गरेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.