सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाः लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न


  •    न्युजभित्तो/२१ माघ २०८२, मंगलवार १२:४३ 
  • म्याग्दी, २० माघ । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।

    पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन एक वर्ष निर्माण अवधि भएको योजना लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकारले रु तीन करोड ५९ लाख ९८ हजार बजेटको स्रोत सुनिश्चित गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएसडीएस धवलागिरि छनोट भएको थियो ।

    विसं २०८२ असार १६ गते रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता भएको योजनाको ठेक्का अवधि २०८३ असार १६ गतेसम्म थियो । निर्माण व्यवसायीले पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको, स्थानीयस्तरमा सहजीकरण, निगरानी र सम्बद्ध कार्यालयबाट भएको समन्वयका कारण लक्ष्यअघि नै योजना सम्पन्न भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।

    “धेरैजसो आयोजना ढिलासुस्तीले थला परेका अवस्थामा व्यवसायी, सम्बद्ध कार्यालयको इच्छाशक्ति र स्थानीयस्तरमा सहजीकरण गरेर काम हुने वातावरण बनाउन सकेमा विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश प्रवाह भएको छ”, उहाँले भन्नुभयो, “योजना निर्माणमा आउने सामाजिक समस्याको सहजीकरण गर्न सरोकार समिति बनाएका थियौँ ।”

    यस योजनामार्फत बेनी नगरपालिका–९ गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर दूरी सडकलाई फराकिलो बनाउने, घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर डा महेन्द्र बानियाँले बताउनुभयो ।

    यसअघि चार मिटर फराकिलो सडकलाई हाल सात मिटर चौडा बनाइएको छ । म्याग्दी हँुदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइ लम्ब्याउने र स्थानीयवासीको सहजताका लागि गलेश्वरदेखि पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नति योजना थालिएको हो ।

    गलेश्वर हिन्दू तथा वौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ ।

    बाँकी खण्डमा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारमा पहल गरिएको वडाध्यक्ष केसीले बताउनुभयो । अघिल्लो कार्यकालमा बेनी नगरपालिकामार्फत गलेश्वर–काउलेगौडा क्षेत्रमा करिब दुई किलोमिटर सडक स्तरोन्नति भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.