सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रु दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण


  •    न्युजभित्तो/२१ माघ २०८२, मंगलवार १२:३१ 
  • कञ्चनपुर, २० माघ । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा पर्यटन विभागको रु दुई करोड ४३ लाख ६२ हजार ६४९ को लागतमा निर्माणाधीन आधुनिक भजन हलको काम अन्तिम चरणमा पुगेको छ ।

    ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले हल निर्माणको जिम्मा लिएको हो । निर्माण सेवाका सञ्चालक केशवराज भट्टका अनुसार हालसम्म करिब ९० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ । निर्माणाधीन स्टेजसहितको उक्त हलमा ४०० भन्दा बढी भक्तजन अट्ने क्षमता रहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हलसँगै एक कार्यालय कक्ष, सामग्री भण्डारणका लागि ‘स्टोर रुम’ र बरन्डा निर्माण गरिएको छ । हल निर्माणमा पूर्ण रूपमा मेसिनले कटिङ गरिएका ढुङ्गाको प्रयोग गरिएको छ । हाल रङरोगन, टायल बिछ्याउने तथा विद्युत् वायरिङको काम सम्पन्न भइसकेको छभने ‘बाउन्ड्रीवाल’, गेट तथा अपाङ्गतामैत्री महिला–पुरुष शौचालय निर्माणको काम अन्तिम चरणमा छ ।

    गत असारदेखि सुरु भएको निर्माणकार्य आगामी फागुन २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । मणिकाधाम धार्मिक क्षेत्रमा भारत र नेपालका भक्तजन मुड्का बाबाको दर्शनका लागि पुग्ने गर्दछन् । यसअघि भजनकीर्तन तथा धार्मिक कार्यक्रम गर्न उपयुक्त हल नहुँदा समस्या हुँदै आएको बताउँदै धाम क्षेत्रका भडरिया डम्बरबहादुर ऐरले नयाँ हल निर्माणपछि धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुनुका साथै टाढाबाट आएका भक्तजनलाई बसोबासमा पनि सुविधा पुग्ने बताउनुभयो ।

    विद्युत् विस्तार नहुँदा रातिको समयमा भक्तजनले अन्धकारमा सास्ती भोग्दै आएको उल्लेख गर्दै शुक्लाफाँटा नगरपालिका–९ का वडाध्यक्ष रमेशबहादुर ऐरले पुल विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् विस्तारको काम सुरु भइसकेको जानकारी दिनुभयो । “लाइन विस्तारकार्य पूरा भएको छ, केही दिनभित्रै विद्युत् जडानकार्य पूरा गरी धाम क्षेत्रलाई झिलीमिली बनाउँछौँ”, उहाँले भन्नुभयो ।

    यस क्षेत्रमा पुग्न गतिलो सडक नहुँदा भने धार्मिकजनले सास्ती खेप्दै आएका छन् । कच्ची सडकलाई स्तरोन्नति नगरिँदा हिलाम्मे र धुलाम्मे सडकमा धार्मिकजनले पुग्नुपर्ने बाध्यता छ । यस क्षेत्रलाई थारू समुदायले ‘मुड्का’ नामले चिन्ने गर्छन् । थारू भाषामा ‘मुड’ को अर्थ शिर हुने र यस क्षेत्रको सबैभन्दा अग्लो स्थानमा बैजनाथ बाबाको स्थापना भएकाले ‘मुड्का’ नाम प्रचलनमा आएको स्थानीयको भनाइ छ । पछि यही नाम विकसित हुँदै मणिकाधामका रूपमा परिचित भएको हो ।

    पूर्वपश्चिम राजमार्गको कलुवापुर वा झलारी हुँदै सवारीसाधनबाट करिब आधा घण्टामा पुग्न सकिने यो स्थल स्थानीयमात्र नभई बाहिरी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.