सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नरैनापुरमा डेढ सय वर्ष पुरानो धार्मिक मेला


  •    न्युजभित्तो/२१ माघ २०८२, मंगलवार १२:०९ 
  • राँझा (बाँके), २० माघ । बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सामाजिक सद्भाव र आपसी एकताको सङ्गम बनेको छ ।

    नेपालगन्जदेखि करिब ४७ किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका–२ स्थित खलीफा नूर अहमद साहको मजार सरिफमा प्रत्येक वर्ष आयोजना गरिने धार्मिक मेलामा नेपालसहित छिमेकी मुलुक भारतका हिन्दू –मुस्लिम समुदायका धार्मिक श्रद्धालुहरू सहभागी हुने गरेका छन् ।

    नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले खलिफा नूर अहमद साहको मजारलाई प्रमुख धार्मिक सदभाव पर्यटनस्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको जानकारीदिनुभयो ।

    नरैनापुरका देशका विभिन्न भागका हिन्दू मुस्लिमसँगै सीमापारि भारतका पनि सयौँ हिन्दू मुस्लिमको सहभागिता रहने सो मेलालाई धार्मिक एकताको मेलाका रूपमा पनि मनाइने गरिएको उहाँको भनाइ छ ।

    प्रसिद्ध सुफीसन्तकोे समाधीमा मेलाको बेला आउने हिन्दू मुस्लिम जोकोहीको पनि मनोकामना पूरा हुँदै आएकाले मेलामा आउनेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको स्थानीय ताजमोहम्मद खानले बताउनुभयो ।

    उहाँका अनुसार शनिवारबाट सुरु भएको मेला एक हप्तासम्म सञ्चालन हुनेछ । मेलामा रातिको समयमा धार्मिक प्रवचन हुँदै आएको छभने भाकल गरेकाहरूले दैनिक रूपमा बाबाको समाधीमा फातिहा, नियाज तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।

    धार्मिक सद्भाव र एकताको प्रतीकका रूपमा रहेको सो मजारको संरक्षण र विकास सरकारले गर्नुपर्ने खानले बताउनुभयो । गाउँपालिकाले मेलामा सहभागी श्रद्धालुहरूलाई खानेपानी, आवास तथा स्वास्थ्योपचारका लागि विभिन्न शिविरहरू सञ्चालन गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.