सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार


  •    न्युजभित्तो/२० माघ २०८२, सोमबार १२:४२ 
  • म्याग्दी, १९ माघ । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ ।

    भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली राजदूताबासको समन्वयमा गत कात्तिक २५ गते डुङ्गा दुर्घटना हुँदा घाइते र अलपत्र बनेका विकको उद्धार भएको हो । गत हप्ता जन्मथलो आइपुगेका विकले नयाँ जीवन पाएको प्रतिक्रिया दिनुभयो ।

    “सर्वियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका म लगायत १३ जना नेपाली चढेको डुुङ्गा दुर्घटना हुँदा पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्धार गरेर उपचार गरेपनि राहदानी लगायत कागजात नहुँदा अलपत्र बनेको थिएँ,” भुवनले भन्नुभयो “मलाई त्यहाँ लैजाने सन्तोष विक, किसान विक र कमल अधिकारीले बेवास्ता गरेपछि घरमा खबर गरेर आप्रवासी स्रोत केन्द्रमार्फत उद्धार भएर घर आउन पाउँदा नयाँ जीवन पाएको महसुस गरेको छु ।”

    चिसो पानीमा डुबेको र पानी निलेका कारण स्वास्थ्यमा गम्भीर समस्या भएका भुवनको स्वास्थ्यमा सुधार भए पनि आन्द्राको समस्या अझै निको हुन नसकेको बताउनुभयो । उनीहरु सर्बियामा जागिर र काम गरेको ठाउँमा तलब नपाएपछि त्यहाँबाट भागेर अवैध बाटोबाट इटली जाने क्रममा दुर्घटनामा परेका हुन् ।

    आप्रवासी स्रोत केन्द्र म्याग्दीका कर्मचारी प्रमिला पौडेलले भुवनकी श्रीमती मीनाले गत पुस २३ गते पेस गरेको निवेदनको आधारमा गृह, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, जर्मन राजदूतावाससँग समन्वय गरेर उद्धार गरिएको जानकारीदिनुभयो ।

    प्रतिव्यक्ति रु ११ लाख तिरेर भुवनसँगै सर्विया पुगेका म्याग्दीका अन्य तीन पनि भने जस्तो काम र तलब नपाएपछि घर फर्किएका छन् । भुवनसँगै डुङ्गा दुर्घटनामा परेका बेनी–९ काउलेगौँडाका बिष्ने सार्कीको अवस्था भने अझै अज्ञात रहेकाले खोजी गरिदिन उहाँका आफन्तले आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन् ।

    बिष्णेका भाइ दिलगोपालले डुङ्गा दुर्घटना भएको दिनदेखि सम्पर्कविहीन बिष्नेको अवस्था पहिचान र उद्धारका लागि भएको पहलबाट अहिलेसम्म उपलब्धि नहुँदा निराश बनेको बताउनुभयो ।

    “सर्बियाको प्रहरीको नियन्त्रणमा रहेको अथवा अस्पतालमा उपचार गराइरहेको हुनसक्ने अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो “अवस्था पहिचान नुहँदा अलमलमा परेका छौँ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.