सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान


  •    न्युजभित्तो/२० माघ २०८२, सोमबार १२:३४ 
  • देवदह (रुपन्देही), १९ माघ । चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने आवश्यक सामग्री हस्तान्तरण गरेको छ । संस्थाले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ‘सोल्जर लाइट’ र ज्याकेट सामग्री हस्तान्तरण गरेको हो ।

    संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष सचिन रोक्काले बताउनुभयो । उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका उपकरणमा पनि क्षति हुँदा आवश्यक सामग्री प्रदान गरिएको जानकारी दिनुभयो ।

    अध्यक्ष रोक्काले चेम्बरले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जानकारीदिनुभयो । संस्थाका सह–कोषाध्यक्ष तथा ट्राफिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सन्तोष शुक्लाले कार्यालयलाई ६५ सोल्जर लाइट र १५ थान ज्याकेट प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले कार्यालयसँग समन्वय गरेर यहाँ आवश्यक सामग्रीबारे जानकारी लिई उक्त सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । आगामी दिनमा पनि कार्यालयलाई आवश्यक सहयोग गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख प्रतिमा कार्कीले संस्थाले कार्यालयलाई ‘बहमूल्य सामग्री’ रहेको बताउनुभयो । उहाँले समाजका लागि प्रहरीले काम गर्ने क्रममा चेम्बर अफ कमर्श, रुपन्देहीले सहयोग गर्नु सराहनीय रहेको भन्दै आभार व्यक्त गर्नुभयो ।

    चेम्बर अफ कमशका महासचिव लक्ष्मी अधिकारीका अनुसार १९औँ स्थापना दिवसको अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । जसअन्तर्गत योग ध्यान शिविर र मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ ।

    वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण, माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता,सरसफाइ कार्यक्रम र स्थापना दिवस समारोह तथा सम्मान कार्यक्रम आयोजना गरिएको महासचिव अधिकारीले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.