सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अरुणिमा शैक्षिक प्रतिष्ठानको दिवसः मुख्यसचिवसहित छ जना सम्मानित


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १६:५५ 
  • काठमाडौँ, १८ माघ । काठमाडौँस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित छ जनालाई सम्मान प्रदान गरिएको छ ।

    विद्यालयद्वारा आज यहाँ आयोजित ‘विशिष्ट व्यक्तित्वको अभिनन्दन’ कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे, समाजसेवी नेपालजित लामा, सर्वजित लामा र खड्गजित लामा तथा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय पुस्तकालय प्रमुख सागरराज सुवेदीलाई विशिष्ट व्यक्तित्वका रूपमा सम्मान गरिएको हो । साथै शिक्षक हर्षनारायण झा र कर्मचारी मञ्जु अधिकारी ढकाललाई २० वर्षे दीर्घसेवा सम्मानद्वारा अभिनन्दन गरिएको छ । 

    कार्र्यक्रममा प्रमुख अतिथि प्रा डा अभि सुवेदी, प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानालगायत व्यक्तिले संयुक्त रूपमा उहाँहरूलाई सम्मान गर्नुभएको अरुणिमा शैक्षिक प्रतिष्ठानले जनाएको छ । कार्यक्रमको सुरुमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानमार्फत सञ्चालित शैक्षिक निकायका कार्यक्रम तथा प्रभावकारिताका बारेमा जानकारी दिनुभएको थियो । 

    सोही समारोहमा विद्यालयको प्रथम ब्याच (२०५१) मा एसएलसी दिएका प्रविण न्यौपाने, विन्दिया मानन्धर, मनिष खनाल, सुलक्षण शर्मा, सरोज सुवेदी, गजेन्द्र कर्माचार्य र मेनुका गुरुङले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै अभिनन्दन गरिएको छ । 

    अभिनन्दित मुख्यसचिव अर्यालले प्रतिष्ठानको स्थापना दिवसको  शुभकामना व्यक्त गर्दै अरुणिमाले आफ्ना विद्यार्थीलाई गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गरिरहेकामा प्रशंसा गर्नुभयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले अरुणिमासँग जोडिएका अग्रजसँगको साक्षात्कारबाट आफ्नो कार्यक्षेत्रको कार्यसम्पादनमा थप हौसला मिलेको धारणा राख्नुभयो । 

    अरुणिमा परोपकार प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले सभ्य समाज निर्माणमा गुणस्तरीय शिक्षाको महत्वबारे प्रकाश पार्नुभयो । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले प्रतिष्ठान गैरनाफामूलक रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदै समयसापेक्ष योजना तर्जुमा गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरूले आर्कषक गीत तथा नृत्यसमेत प्रस्तुत गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.