सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १३:०१ 
  • कैलाली, १८ माघ । यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट एकयाममा रु दुई लाख ५० हजार बचत गर्दै आउनुभएको छ । 

    करिब दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछापालन व्यवसाय गर्दै आउनुभएका उहाँले एकयाममा रु १३ लाख बराबरको माछा बिक्री हुने जानकारी दिनुभयो । उहाँका अनुसार सबै खर्च कटाएर रु दुई लाख ५० हजार बचत हुन्छ ।

    खेतीकिसानीसँगै केही नयाँ काम गरौँ भन्ने योजनाले माछापालन व्यवसाय सुरु गरेको चौधरीले बताउँनुभयो । “व्यवसायको सुरुवातमा कामको कुनै अनुभव थिएन । व्यवसायमा नयाँ थिएँ, त्यसैले सुरुका वर्षमा पोखरीमा माछा मरेर क्षति व्यहोर्नु परेको थियो”, उहाँले भन्नुभयो, “पछि विस्तारै व्यवसायप्रति अनुभव बटुल्दै गएपछि अहिले मनग्य आम्दानी हुँदै गएको छ, जीविकोपार्जनका लागि कुनै समस्या छैन ।”

    चौधरीका अनुसार अहिले पोखरीमा पङ्गासेस, कमन कार्प, ग्रास, रहुँ जातका माछा छन् । माछा होलसेलमा प्रतिकिलो रु २५० र फुटकरमा प्रतिकिलो ३०० मा बिक्री हुने उहाँले जानकारी दिनुभयो । 

    माछा बिक्रीका लागि बजारको समस्या नभए पनि अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले बिक्री दरमा वृद्धि हुन नसकेको चौधरीले गुनासो गर्नुभयो । भारतबाट आयात भएका माछाको मूल्य होलसेलमा प्रतिकिलो रु २२० र फुटकरमा प्रतिकिलो २८० मा बिक्री हुने भएकाले स्थानीय उत्पादनको बिक्रीमा केही कठिनाइ हुने उहाँको अनुभव छ । 

    उत्पादित माछा धनगढी, टीकापुर र केही स्थानीय बजारमा बिक्री हुने चौधरीले बताउनुभयो । माछापालनका लागि सुरुमा पोखरी निर्माण गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट रु १० हजार प्रतिकट्ठाका दरले रु एक लाख तथा कैलारी गाउँपालिकाबाट रु ५० हजार बराबरको बोरिङसहित पानी तान्ने मोटर र जाल अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालनमा सहज भएको व्यवसायी चौधरीले जानकारी दिनुभयो । 

    पछिल्लो समय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तथा स्थानीय सरकारले व्यावसायिक कृषिमा आवद्ध हुन चाहने किसानलाई अनुदान सहयोग गर्न थालेपछि गोबरेलामा व्यावसायिक रूपमा माछापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.