सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १२:३१ 
  • बरहथवा (सर्लाही), १८ माघ । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको छ ।

    दुर्घटनामा ज्यान गुमाउनेमध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति छन् । जिल्लाका भित्री सडकखण्डमा दुर्घटना धेरै हुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । सवारीचालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनामा धेरै हुने गरेको भन्दै विद्यालयका बालबालिका, स्थानीय, पैदलयात्रीलाई सहभागी गराएर कार्यालयले दर्जनौँपटक ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ ।

    त्यसैगरी, सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएका सवारी कारबाहीबाट रु ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको छ । चालक अनुमतिपत्र नभएका, हेलमेट नलगाएका मोटरसाइकल चालक, यात्रा अनुमतिपत्र नभएका, क्षमताभन्दा धेरै सामान बोकेका ट्रकलगायतलाई कारबाही गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो । पूर्वपश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा समेत विभिन्न समयमा जाँच गरी ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका सवारीलाई कारबाही गरिएको थियो ।

    प्रहरीले लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको विषयमा कडाइका साथ जाँच गर्ने गरेको छ । चालु आवको छ महिनामा सात हजार २७ वटा लामो दूरीको यात्रुवाहक बस जाँचका क्रममा २२ वटाले नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.