सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भानुका शिक्षकलाई ‘एआई’ तालिम


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार ११:२३ 
  • तनहुँ, १८ माघ । भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई)सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

    शिक्षकहरूको क्षमता अभिवृद्धि र विद्यालयको गुणस्तर शिक्षा सुधार गर्ने उद्देश्यले आयोजित तालिममा ९० शिक्षक सहभागी थिए । प्रत्येक समूहमा ३० जनाका दरले ९० जना शिक्षकलाई प्रशिक्षित गराइएको भानु नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “शिक्षामा एआईको प्रयोगमार्फत विद्यार्थीलाई भविष्यमा चुनौती सामना गर्न सक्षम, सीपयुक्त र आत्मनिर्भर बनाउन शिक्षकका लागि समय सान्दर्भिक, दूरदर्शी र अत्यावश्यक कदमका रूपमा लिइएको छ ।”

    नगरप्रमुख आनन्दराज त्रिपाठीले समयअनुसार शिक्षक स्वयं अद्यावधिक नहुँदा विद्यार्थी र विद्यालय दुवै पछि पर्ने खतरा रहेकाले यस किसिमको तालिमलाई प्राथामिकता दिइएको बताउनुभयो । “अबको शिक्षा प्रविधिसँगै अघि बढ्नुपर्छ, शिक्षकहरू परिवर्तनका अगुवा हुनुपर्छ”, उहाँले भन्नुभयो, “एआईजस्ता प्रविधि सही ढङ्गले प्रयोग गर्नसके विद्यालय शिक्षा व्यावहारिक, जीवनोपयोगी र प्रतिस्पर्धी बन्ने सक्दछन् ।’

    तालिममा प्रशिक्षकका रूपमा भक्तपुर सानोठिमी क्याम्पसका उपप्राध्यापक विश्वराज जोशी रहनुभएको छ । उहाँले भन्नुभयो, “आजका विद्यार्थीहरू डिजिटल वातावरणमै हुर्किरहेका, प्रविधिमा चासो राख्ने तथा नवीन सिकाइ विधिप्रति उत्सुक भएकाले परम्परागत शिक्षणशैली मात्र पर्याप्त हुँदैन ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.