सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’को माग


  •    न्युजभित्तो/१७ माघ २०८२, शुक्रबार १६:४६ 
  • काठमाडौँ, १६ माघ । बजारमा बिक्रीवितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीकोे दायरामा ल्याउन र आवश्यक मापदण्ड लागू गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले चार हप्ताभन्दा बढी प्रयोग गर्न नमिल्ने औषधिजन्य मञ्जनसमेत खुला र लामो समय प्रयोग गर्नाले जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने उल्लेख गरेको छ ।

    एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले एसोसिएसनले २०७९ सालदेखि बजारमा पाइने मञ्जनको गुणस्तरबारे जाँच गर्न र यसको बनावटबारेमा यथाशक्य छानबिन गर्न मन्त्रालय र औषधि व्यवस्था विभागमा धेरै पटक माग गर्दा समेत हालसम्म कुनै पनि मापदण्ड नबनेको बताउनुभयो ।

    उहाँका अनुसार एकातिर दैनिक प्रयोग गरिने मञ्जनहरुको गुणस्तरका बारेमा राज्य अनभिज्ञ हुनु र अर्को तिर विभिन्न परिषद् र काउन्सिलमा दर्तावाल दन्त जनशक्तिको सिफारिसमा मात्र बिक्री वितरण गर्नुपर्ने औषधिजन्य मञ्जनहरु खुला सुपर मार्केटमा बिक्री वितरण गरिनुले जनताको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गरिरहेको छ । उहाँले भन्नुभयो, “जनताको मुख स्वास्थ्य र समग्र स्वास्थ्यप्रति राज्यको उपस्थिति र चासोमा गम्भीर देखिएन ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.