सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन


  •    न्युजभित्तो/१७ माघ २०८२, शुक्रबार १५:५३ 
  • मुस्ताङ, १६ माघ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।

    मङ्गलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । बिहीबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अनुरोधमा मुक्तिनाथ स–जोमसोम–कोरला० सडक आयोजनाको स्काभेटर परिचालन गरिएको छ । 

    यसका अतिरिक्त मुक्तिनाथ सडकको हिउँ पन्छ्याएर सडक सञ्चालन गराउन प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायतको संयुक्त सुरक्षा टोली परिचालित गरिएको थियो । 

    यसैगरी अवरुद्ध सडक खुलाउन गाउँपालिका उपाध्यक्ष डिकी गुरुङ र वडाध्यक्ष कर्माघ्याचो गुरुङ लगायतका स्थानीय जनप्रतिनिधि परिचालित हुनुनुभएको थियो ।

    भारी हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन जिल्ला सुरक्षा समितिको टोलीसहित स्थानीय जनप्रतिनिधि खटिएको र कोरला सडक आयोजनाको डोजर लगेर अवरुद्ध सडकको हिउँ पन्छ्याएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । 

    उहाँका अनुसार अवरुद्ध सडक खुलाइएको भए पनि कतिपय घाम नलाग्ने ओसिलो स्थानमा हिउँ ढुङ्गा जस्तै सारो हुने गरी जमेकाले दुई पांग्रे र भारी सवारीसाधनलाई मुक्तिनाथ उक्लिन समस्या रहेको छ ।

    जिल्ला प्रहरी कार्यालयले बिहानको समयमा तत्कालका लागि मुक्तिनाथ आवतजावत गर्न सवारीसाधनलाई समस्या हुने भएकाले बिहान ११ बजेपछि मात्रै सवारीसाधन लैजान अनुरोध गरेको छ ।

    भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध मुक्तिनाथ सडक सञ्चालनमा आएसँगै मुस्ताङको कागबेनीमा रोकिएका सवारीसाधन गन्तव्यमा प्रस्थान गरेका छन् । पुनः हिमपात नभएमा केही दिनमा मुक्तिनाथ सडक थप सहज हुने वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.