सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट


  •    न्युजभित्तो/१५ माघ २०८२, बुधबार १६:३५ 
  • वीरगञ्ज (पर्सा), १४ माघ । नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ ।

    वीरगञ्ज महानगरपालिकाको सहयोग र सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर पर्सा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रको सहकार्यमा सीमा सौन्दर्यकरण र सीमा सुरक्षा पोष्ट तयार पारिएको हो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सीमा सुरक्षा पोष्टको उद्घाटन गर्दै अबदेखि सीमा सुरक्षा पोष्ट व्यवस्थित ढङ्गले सञ्चालन गर्न सकिने बताउनुभयो ।

    “हामीले केही महिनादेखि निरन्तर रूपमा मितेरीपुल वरपर सीमा सौन्दर्यकरणको काम गर्दै आइरहेका छौँ । अहिले यहाँ हिँड्ने जो कोहीले पनि फरक अनुभूति गर्न सक्नुहुनेछ”, उहाँले भन्नुभयो, “स्वच्छ र हरियाली वीरगञ्ज बनाउने अभियानमा सरिक भएर लाग्न जरुरत भइसकेको छ ।” पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सीमा सौन्दर्यकरण गरेसँगै हेर्दा हरियाली र व्यवस्थित देखिएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.